आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

तीन किलोमा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध

images
शनिबार, असार १६ २०८०
images
images
तीन किलोमा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध

पहिरो खसेसँगै यस सडक भएर यात्रा गर्ने यात्रु अलपत्र परेका छन्। पहिरो पन्छाउने काम सुरु गरिएको छ।

images
images

चितवन- नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका-५ तीन किलोमा आज बिहान पहिरो खसेको हो।

images
images
images

सोही स्थनामा बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजेबाट मात्र सञ्चालनमा ल्याइएको थियो। पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको सडकमा पुनः पहिरो खसी सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ।

images
images

२८ घण्टा लगाएर पहिरो पन्छाएसँगै रोकिएर राखिएका सवारी साधनलाई गन्तव्यतर्फ पठाउने काम भइरहेको समयमा पुनः पहिरो खसेसँगै यस सडक भएर यात्रा गर्ने यात्रु अलपत्र परेका छन्। पहिरो पन्छाउने काम सुरु गरिएको छ। सो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी आवतजावत गर्ने गर्दछन्। रासस

images
images
images


प्रकाशित : शनिबार, असार १६ २०८००५:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend