आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

ठगीसम्बन्धी उजुरी परेपछि पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ 

images
शुक्रबार, असार १५ २०८०
images
images
ठगीसम्बन्धी उजुरी परेपछि पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ 

उनीविरूद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि सांसद पद निलम्बनमा परेको थियो।

images
images

काठमाडौं- ठगीसम्बन्धी उजुरीका आधारमा प्रहरीले पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारलाई पक्राउ गरेको छ। प्रहरी वृत बानेश्वरको टोलीले शुक्रबार अपराह्न उनलाई बानेश्वरबाट पक्राउ गरेको हो।

images
images
images

रौनियारविरूद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा ठगीसम्बन्धी उजुरी परेको थियो। उक्त उजुरीका आधारमा रौनियारलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। 

images
images

रौनियार २०७४ मा पर्सा क्षेत्र नम्बर ३ बाट तत्कालीन संघीय समाजवादी फोरमबाट सांसदसमेत भएका थिए। उनीविरूद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि पद निलम्बनमा परेको थियो।

images
images
images


प्रकाशित : शुक्रबार, असार १५ २०८०१३:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend