आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

गैरकानूनी सम्पत्ति आर्जनमा दोषि ठहर भएका आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्कालाई एक वर्ष तीन महिना कैद सजाय

१८ करोड ३९ लाख २ सय ६८ रूपैयाँ जरिवाना

images
शुक्रबार, असार १५ २०८०
images
images
गैरकानूनी सम्पत्ति आर्जनमा दोषि ठहर भएका आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्कालाई एक वर्ष तीन महिना कैद सजाय
images
images

काठमाडौं- नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्कालाई गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा दोषि ठहर गर्दै विशेष अदालतले एक वर्ष तीन महिना कैद र १८ करोड ३९ लाख २ सय ६८ रूपैयाँ जरिवाना हुने सजाय तोकेको छ। 

images
images
images

विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र खुसीप्रसाद थारुको इजलासले उनको घरजग्गादेखि बैंक मौज्दातसम्म जफत हुने फैसला गरेको छ। अख्तियारले २०७५ पुस २३ मा खड्काविरुद्ध मुद्दा चलाएको थियो। 

images
images

गोपालसँगै उनकी श्रीमती शर्मिला खड्कालाई समेत प्रतिवादी बनाइएकोमा शर्मिलाका नाममा रहेको कित्ता नं १५२२ र १४२३ मा रहेको घरसमेत जफत हुने भएको छ। यस मुद्दाका अन्य प्रतिवादीहरुलाई जफत प्रयोजनका लागि प्रतिवादी बनाइएकोमा उनीहरुको नाममा रहेको सम्पत्ति पनि जफत हुने फैसला भएको छ।

images
images
images

यसै मुद्दाकी अर्की प्रतिवादी अमिता लामा सोदेम्बाको नाममा रहेको कित्ता नम्बर ११९ को घरजग्गासहितका सम्पत्ति पनि जफत हुने भएको छ। अख्तियारले सिजी डेभलपर्स प्रालिलाई पनि प्रतिवादी कायम गरेकोमा उक्त कम्पनीको सम्पत्ति पनि जफत हुने फैसला भएको छ।


प्रकाशित : शुक्रबार, असार १५ २०८०१०:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend