आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

ऋण पुनर्संरचनाको सुविधा पाउने निर्माण क्षेत्रमा पर्ने उद्योगको थप व्याख्या 

images
शुक्रबार, असार १५ २०८०
images
images
ऋण पुनर्संरचनाको सुविधा पाउने निर्माण क्षेत्रमा पर्ने उद्योगको थप व्याख्या 

चित्यको आधारमा बुझाउनुपर्ने ब्याजको कम्तीमा १० प्रतिशत रकम असुलउपर गरी विभिन्न सर्तको अधीनमा रही कर्जाको पुनरतालिकीकरण तथा पुनरसंरचना गर्न सकिने उल्लेख गरिएको थियो। 

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षमा भएको व्यवस्था र सोहीअनुसार गरिएको निर्देशनलाई थप प्रष्ट पारेको छ। निर्माण क्षेत्रमा प्रवाह भएको ऋणलाई सहजीकरण गर्ने सन्दर्भमा भएको निर्देशलाई राष्ट्र बैंकले थप व्याख्या गरेको हो। 

images
images
images

निर्माण क्षेत्रसँग सम्बन्धित कर्जालाई ऋणीको अनुरोधमा उद्योग/व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा बुझाउनुपर्ने ब्याजको कम्तीमा १० प्रतिशत रकम असुलउपर गरी विभिन्न सर्तको अधीनमा रही कर्जाको पुनरतालिकीकरण तथा पुनरसंरचना गर्न सकिने उल्लेख गरिएको थियो। 

images
images

निर्माण क्षेत्रका बारेमा राष्ट्र बैंकले थप व्याख्या गरेको छ। निर्माण क्षेत्रअन्तर्गत आवासीय (घरायासी प्रयोजन), गैरआवासीय (व्यापारिक प्रयोजन र बृहत् निर्माण (राजमार्ग, पुल आदि) क्षेत्रमा प्रवाहित कर्जाका साथै यस क्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित सिमेन्ट, डन्डी, इँटा / ब्लक, पाइप्स एण्ड फिटिङ्सलगायतका उद्योग पर्ने राष्ट्र बैंकले प्रष्ट पारेको छ। 

images
images
images


प्रकाशित : शुक्रबार, असार १५ २०८००८:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend