शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

धान उत्पादन : पाँच वर्षमा खेती हुने क्षेत्रफल ३ प्रतिशत घट्यो, उत्पादकत्वमा पनि भएन सुधार 

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार १५ २०८०
धान उत्पादन : पाँच वर्षमा खेती हुने क्षेत्रफल ३ प्रतिशत घट्यो, उत्पादकत्वमा पनि भएन सुधार 

देशभरका जिल्ला कृषि विकास कार्यालय मार्तफ मन्त्रालयले संकलन गरेको तथ्यांकले धान खेतीको विस्तारको साटो संकुचन भएको छ। 

काठमाडौं- वितेका पाँच वर्षमा धान खेती हुने क्षेत्रफलमा निरन्तर गिरावट आएको छ। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको तथ्यांक अनुसार गएका पाँच वर्षमा धान खेती हुने क्षेत्रफल २.९ प्रतिशतले घटेको छ। 

मन्त्रालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५/७६ मा १४  लाख ९१ हजार ७४४ हेक्टर क्षेत्रफलमा धान खेती भएको थियो। जुन आर्थिक वर्ष २०७९/८० मा १४ लाख ४७ हजार  ७८९ क्षेत्रफलमा खेती भएको छ। विगत पाँच वर्षमा नेपालमा धान खेती हुने क्षेत्रफल करिब ३ प्रतिशतले घटेको छ। 

देशभरका जिल्ला कृषि विकास कार्यालय मार्तफ मन्त्रालयले संकलन गरेको तथ्यांकले धान खेतीको विस्तारको साटो संकुचन भएको छ। 

विगत पाँच वर्षमा उत्पादकत्वमा भने सामान्य सुधार भएको छ। २०७५/७६ मा एक हेक्टर क्षेत्रफलमा नेपालमा ३.७६ टन धान उत्पादन हुन्थ्यो भने चालु वर्ष सामान्य वृद्धि भएर ३.७९ टन पुगेको छ। 


प्रकाशित : शुक्रबार, असार १५ २०८००६:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend