बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सिरहाको लहानमा खुल्यो एनसेलको नयाँ एनसेल सेन्टर

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार १५ २०८०
सिरहाको लहानमा खुल्यो एनसेलको नयाँ एनसेल सेन्टर

एनसेलले देशका विभिन्न भागमा ३४ वटा एनसेल सेन्टरहरु स‍ञ्चालन गरिरहेको छ।

काठमाडौं- एनसेल आजियाटा लिमिटेडले सिराहको लहानमा शहिद चोकमा नयाँ  एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले एक कार्यक्रम माझ बिहीबार उक्त एनसेल सेन्टरको उद्घाटन गरेका थिए।

 आजदेखि यो सेन्टर सबै ग्राहकलाई सेवा प्रदान गर्ने गरी पूर्ण रुपमा सञ्चालनमा आएको  कम्पनीले जानकारी दिएकोछ।

एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाहरुका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङ्गको जानकारी लगायत विभिन्न कर्पोरेट सेवाहरु समेत लिन सक्ने कम्पनीले बताएको छ। 

राहकले सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्ने, सिम तथा मोबाइल नम्बर परिवर्तन, सिम ईसिममा अपग्रेड गर्न, सीयुजी नम्बरहरुको आवश्यक फेरबदल गर्ने, बिज प्लान, अन्तर्राष्ट्रिय रोमिङ्ग सुचारु गर्ने, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्ने लगायतका अन्य ग्राहक सेवाहरु प्राप्त गर्न सक्छन्। 

‘हाम्रो मुख्य उदेश्य भनेको आफ्ना ग्राहकहरुलाई  सेवाहरु मार्फत धेरै भन्दा धेरै लाभ सिर्जना गर्नु हो’  जाब्बोरले भने,’लहानको यो नयाँ एनसेल सेन्टर ग्राहकलाई स्थानिय स्तरमा विश्वस्तरीय ग्राहक सेवाहरु प्रदान गर्ने हाम्रो प्रतिवद्धता बमोजिम संचालनमा ल्याइएको हो।’ 

आइतबार देखि शनिबार हप्ताको सातै दिन बिहान ९ बजे देखि ५ः३० बजे सम्म यस सेन्टरले ग्राहकहरुलाई सेवा  दिइने कम्पनीले बताएको छ।  यसअघि एनसेलले १० वर्षदेखि लहानमा आफ्नो पुरानो एनसेल सेन्टरबाट ग्राहक सेवा दिँदै आएको थियो। एनसेलले देशका विभिन्न भागमा ३४ वटा एनसेल सेन्टरहरु स‍ञ्चालन गरिरहेको छ। 

 


प्रकाशित : शुक्रबार, असार १५ २०८००५:५१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend