आइतबार, जेठ ६ गते २०८१    
images
images

दुई अर्ब लगानीमा काठमाडौंमा खुल्यो ‘स्काई वाक भ्यु टावर’

images
शुक्रबार, असार १५ २०८०
images
images
दुई अर्ब लगानीमा काठमाडौंमा खुल्यो ‘स्काई वाक भ्यु टावर’
images
images

काठमाडौं- काठमाडौंको कमलादीमा साहसिक पर्यटनको हव बनाउने प्रयास अनुसार स्काई वाक शुक्रबारबाट औपचारिक रुपमा  सञ्चालनमा आएको छ। २०७६ मंसिरमा नै शिलान्यास गरिएको यस परियोजना करिब २ वर्षभित्रैमा सम्पन्न गर्ने लक्ष्य लिएको भएपनि विश्व समुदायलाई नै आक्रान्त पार्नेगरि फैलिएको कोभिड १९ को महामारीले हामीलाई पनि प्रभावित भएको थियो। 
 
परियोजना १३ रोपनी २ आना जग्गामा फैलिएको छ। ७८.५ मिटर अग्लो टावरमा जमिनको सतहबाट ६५ मिटर उचाइमा सिसामा स्काई वाक गरिन्छ । 

images
images
images

सिसामाथि हिँड्ने साहसिक मज्जा लिनका लागि काठमाडौंमा यो एकमात्र गन्तव्य हो।  परियोजनाका लागि करिब २ अर्ब लगानी लागेको छ। 

images

२५ तल्ला रहेको टावरमा २२ तलासम्म लिफ्ट चडेर र बाँकी तीन तलामा सिँढीमार्फत माथि जान सकिन्छ। दुई वटा लिफ्ट सुविधा रहेको टावरमा एक पटकमा ४५ जनाभन्दा धेरै मानिस तलमाथि गर्न सक्ने क्षमता छ। 

images
images

टावरको २५ औं तला साहसिक तला हो। त्यहाँ पुगेपछि सिसा ओच्छाइएको भुइँमा हिड्न पाइन्छ। त्यहाँ हिँड्दा खुला खाकाशमा हिँडेजस्तो अनुभव हुने छ । साहसिक पर्यटनका पारखीहरूले यसमा मज्जा लिनुहुनेछ भन्ने हाम्रो अपेक्षा छ। स्काइ वाकमार्फत हेर्दा रानीपोखरी र घण्टाघर टावरको आँगनमै रहेको जस्तो भान हुन्छ। साहसिक खेल खेल्न रुचाउनेहरूलाई थप मज्जा यस स्काई वाकले दिनेछ।  झण्डै एक रोपनी क्षेत्रफलमा स्काइ वाक फैलिएको छ । यहाँ एकैपटक ५ सय मान्छे अट्नेछन् । 

images
images

करिब आधा घन्टासम्म त्यहाँ रहेर काठमाडौं उपत्यका, धरहरा लगायतको सुन्दर एवम् रोमाञ्चक दृश्यावलोकन गर्न सकिन्छ । यस्तै एयरपोर्टमा जहाज उडाएको तथा जहाज ल्याण्ड गरेको दृश्यावलोकन समेत यहाँबाट सुन्दर देखिन्छ।

स्काइ टावरमा जानका लागि प्रतिव्यक्ति एक हजार शुल्क तिर्नुपर्छ। स्काइ वाक भएको  २५ औं तलामा भन्दा माथी जान हार्नेस लगायत सेफ्टी इक्युपमेन्टको आवस्यकता पर्दछ जसको थप हजार रुपैयाँ शुल्क लाग्छ।

टावरमा प्रवेश गर्नका लागि ८० वर्ष माथिका ज्येष्ठ नागरिक र ३ फिट उचाइसम्मको बच्चालाई शुल्क लाग्दैन। ७० देखि ८० वर्षसम्मका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट रहेको छ।  टावरमा हिँड्नका लागि प्रयोग गरिएको सिसा ब्रिटिस स्ट्याण्डर्डको हो। टावरको २३ र २४ औँ तलामा रेष्टुरेन्ट र क्लब रहेको छ। जहाँ एकैपटक तीन सय मानिसले सेवा लिन सक्नेछन् । 

स्काइ वाक टावरको कम्पाउण्डमा एम्फी थिएटर र फास्ट फुड रेष्टुरेन्ट रहेको छ। जहाँ शुक्रबार र शनिबार सांगीतिक कार्यक्रम गरिने छ । कम्पाउण्डमा भएको रेस्टुरेन्ट र एम्पिथिएटरमा जान शुल्क लाग्दैन। स्काइ वाक शुरूवाती दिनमा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुनेछ।  

यस टावरमा केही समयमा नै बञ्जी, स्विङ जस्ता अन्य साहसिक खेलहरू राख्ने तयारीमा हामी रहेका छौं । यहाँ आउनका लागि काठमाडौंको जुनसुकै ठाउँबाट नजिक पर्दछ । उपत्यकाका हरेक स्थानबाट करिब ३० रुपैयाँसम्म भाडा तिरेर सार्वजनिक यातायातमा पनि सहजै स्काइ वाक पुग्न सकिन्छ ।

कम्पनीको बोर्ड अफ डाइरेक्टरमा अध्यक्ष पोखरेल सहित , तेजबहादुर सिंह, खेमराज न्यौपाने, पदम न्यौपाने, आशुतोष विक्रम सिंह र सोहन श्रेष्ठ रहेका छौं । यसबाहेक अन्य करिब ५ दर्जन साथीहरूले यो परियोजनामा लगानी गर्नुभएको छ ।

जापानमा इन्जिनियरिङ अध्ययनपछि हालको वन्डर्स ग्रुप प्रा।लि। का अध्यक्ष आकर्षण पोखरेलले नेपालमा स्काइ वाक बनाउने सोच बनाएर नेपाल फर्की परियोजनाको काम अगाडि बढाइएको थियो ।

स्काइ वाकको डिजाइन डिजाइन रिपल कम्पनी र त्यहाँका इन्जिनियर किरण आचार्य र क्ले कन्सल्टेन्सीका जियोटेक इन्जिनियर उदायराज न्यौपानेले गरेका हुन् ।

हाम्रो समूहले इलामको कन्याममा यसअघि नै स्काइ वाक चलाइसकेको छ भने धनकुटाको भेडेटारमा नयाँ स्काइ वाक बनाउने तयारी भइरहेको छ । यस्तै लुक्लादेखि चेदिङसम्म ५ किलोमिटरको दूरीमा केवलकार सञ्ञ्चालन गर्न समेत हाम्रो समूहले अध्ययन गरिरहेको यहाँहरूमाझ जानकारी गराउन चाहन्छौँ । 


प्रकाशित : शुक्रबार, असार १५ २०८००३:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend