आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

ललिता निवास प्रकरण : भाटभटेनीका सञ्चालक मीनबहादुरसहित तीनजना बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च गए

images
बिहीबार , असार १४ २०८०
images
images
ललिता निवास प्रकरण : भाटभटेनीका सञ्चालक मीनबहादुरसहित तीनजना बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च गए

पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतम सर्वोच्च गएका हुन्।

images
images

काठमाडौं- ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका चारमध्ये टभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित तीनजना बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वाेच्च पुगेका छन्।

images
images
images

सर्वाेच्च अदालतका प्रवक्ता विमल पौडेलले तीन जनाले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेको जानकारी दिए। उनका अनुसार यसरी रिट लिएर जानेमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतम रहेका छन्। उक्त रिटमाथि शुक्रबार सुनुवाइ हुने जनाइएको छ।

images
images

गोपाल कार्कीसहित उनीहरुलाई यही असार १२ गते प्रहरीले पक्राउ गरेको थियो। यही १३ गते अदालतमा पेस गरिएकामा काठमाडौं जिल्ला अदालतले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइसकेको छ।

images
images
images

सर्वाेच्चबाट स्टेअडर ल्याएको पाइएपछि पक्राउ परेकामध्ये कलाधर देउजा, सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसीलाई कागज गरेर छाडिएको छ।

विसं २०४९ देखि २०६९ सम्ममा सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेको थियो। सोही प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ। 


प्रकाशित : बिहीबार , असार १४ २०८०१३:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend