बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सीजी ब्रुअरीका बोतल प्रयोग गरेर उत्पादन तथा बिक्री नगर्न ओम ब्रुअरीविरुद्ध आदेश

बिहीबार , असार १४ २०८०
सीजी ब्रुअरीका बोतल प्रयोग गरेर उत्पादन तथा बिक्री नगर्न ओम ब्रुअरीविरुद्ध आदेश

काठमाडौं- उद्योग विभागले ओम ब्रुअरीद्वारा उत्पादित जोमसोम स्ट्रंग बियरले सीजी ब्रुअरीका बोतल अनाधिकृत प्रयोग गरेकोमा उक्त कार्य तत्काल रोक्न र सीजी ब्रुअरीको बोतल प्रयोग गरि उत्पादन तथा बिक्री वितरणमा रोक लगाएको छ।  

ओम ब्रुअरीद्वारा सीजीब्रुअरी (नेपाल) प्राइभेट लिमिटेड इम्बोस सहितको बोतल प्रयोग गरी जोमसोम स्ट्रंग बियरको उत्पादन गरिएको हुँदा, सो कार्य कानुनविपरित देखिएकाले उद्योग विभागका महानिर्देशक बाबुराम गौतमबाट देवानी कार्यविधि संहिता २०७४ को दफा १५६ बमोजिम सो बियरको उत्पादन तथा बिक्री वितरणमा रोक लगाउन अन्तरकालीन आदेश भएको हो।

यसअघि, सीजीब्रुअरीले ओम ब्रुअरीद्वारा उत्पादितजोमसोम स्ट्रंग बियरले सीजीब्रुअरी (नेपाल) प्राइभेट लिमिटेड अंकित नेपाल आइसको बियरको बोतलमा रहेको ‘सीजीब्रुअरी(नेपाल) प्राइभेट लिमिटेड’नामलाई खुर्किएर ग्राहकहरुलाई झुक्याउनेगरी बोतलहरुमा जोमसोम स्ट्रंग बियरको स्टिकर लगाई बिक्री वितरण गरेको र यस कार्यले सीजीब्रुअरीको डिजाइन र ट्रेडमार्कको ख्यातीमा असरपुगेको भन्दै उद्योग विभागमा मुद्दा दर्ता गरेको थियो।

‘ओम ब्रुअरीप्रा. लि. ले उजुरिकर्ताको मन्जुरी वेगर सीजीब्रुअरी (नेपाल) प्राइभेट लिमिटेड अंकितबियरको वोतलमा रहेको ‘सीजीब्रुअरी (नेपाल) प्राइभेट लिमिटेड’ नामलाई खुर्किएर ग्राहकलाई झुक्याउने गरी उजुरवालको नाम अंकित बोतलहरुमा जोमसोम स्ट्रंग बियर स्टिकर लगाई आफ्नो उत्पादन उजुरीकर्ताको नाम तथा ट्रेडमार्क अंकित बोतलमा भरी बजारमा बिक्री वितरण गर्दै आएको हुँदा सो कार्य पेटेन्ट, डिजाइन तथा ट्रेडमार्क ऐन २०२२ को दफा १६ ९२० विपरित देखियो,’ आदेशमा भनिएको छ। सीजी ब्रुअरीद्वारा उत्पादित नेपाल आइस बियर नेपाली उपभोक्ता बीच लोकप्रिय ब्राण्ड हो। 


प्रकाशित : बिहीबार , असार १४ २०८०१०:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend