आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

सिंजाको प्राथमिकतामा पर्यटन

images
बिहीबार , असार १४ २०८०
images
images
सिंजाको प्राथमिकतामा पर्यटन

सिंजाका अन्य पर्यटकीय क्षेत्रसहित जुम्ला विमानस्थल, चन्दननाथ मन्दिर र सिंजा सभ्यताको अवलोकन गर्ने कार्यक्रम रहेको छ।

images
images

जुम्ला- जुम्लाको सिंजा गाउँपालिकाले पर्यटन क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने भएको छ। आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर आवश्यक बजेट विनियोजित गरिएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए।

images
images
images

खस भाषाको जन्मथलोसमेत रहेको सिंजालाई पर्यटकीय ‘हब’मा विकासित गर्नेका लागि पालिकाभित्रका लुकेका पर्यटन क्षेत्रलाई थप प्रवर्द्धनका लागि पूर्वाधार निर्माण गाउँपालिकाले नीति अवलम्बन गरेको छ। उनले भने, 'पर्यटन बोर्डसँग सहकार्यमा खस रीतिरिवाज र संस्कृति समेटको खस ‘क्यालेण्डर’ निर्माण गरी कार्यान्वयनमा ल्याउने नीति गाउँपालिकाले लिएको छ। खस भाषाको सभ्यता अध्ययन प्रतिष्ठानको रुपमा विकास गर्न संघीय सरकारसँग पहल गरिने छ।'

images
images

सिंजाको इतिहास अभिलेखिकरण र पालिकाको वडा नं ३ स्थित राइके पाखोमा सिंजा राज्यको प्रभाव क्षेत्र झल्किने नेपालको नक्सा निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने गरि गाउँपालिकाले काम गरेको उपाध्यक्ष सीतली रोकायाले बताइन्। खस भाषाको सङ्ग्रहालय निर्माणको कामलाई निरन्तरता दिँदै यूनेस्कोको सहयोगमा सिंजालाई मूर्तअर्मूत विश्व सम्पदा सूचीको रुपमा अगाडि बढाउन गुरुयोजना तयार गरिने प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालले जानकारी दिए।

images
images
images

जिल्लाकै पवित्र धार्मिक पर्यटकीयस्थल सिंजाको केदारनाथमा आगामी भदौ १० मा धार्मिक मेला लाग्ने भएको छ। यसबाट सिंजाको धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने जनाइएको छ। सिंजाका अन्य पर्यटकीय क्षेत्रसहित जुम्ला विमानस्थल, चन्दननाथ मन्दिर र सिंजा सभ्यताको अवलोकन गर्ने कार्यक्रम रहेको सिंजा गाउँपालिका अध्यक्ष धितालको भनाइ छ। पर्यटन मन्त्रीको दृढताका कारण यो वर्ष जुम्ला विमानस्थल स्तरोन्नतिको कामले गति पाएको छ।

चन्दननाथ मन्दिरको विस्तार र सिंजा सङ्ग्रहालयका लागि दीर्घकालीन बजेटको व्यवस्थापन संघीय सरकारको बजेट भाषणमा सम्बोधन भएको जनाइएको छ। सिंजा गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम बजेटमा केदारनाथलाई धार्मिक र प्राकृतिक पर्यटनका रुपमा विकास गर्ने कार्यलाई विशेष प्रथामिकतामा राखेर काम गरेको उपाध्यक्ष सीतली रोकायाले बताइन्।

सिंजा -४ स्थित प्रसिद्ध धार्मिक पर्यटकीयस्थल केदारनाथलगायत पालिकाभित्रका थुप्रै ऐतिहासिक धार्मिक तथा पर्यटकीय महत्वकास्थल उचित प्रचारप्रसार र पूर्वाधार निर्माण नहुँदा पर्यटकीय महत्वकास्थल ओझेलमा परेको गाउँपालिकाका प्रवक्ता तीर्थ वडले जानकारी दिए। समुद्रि सतहदेखि लगभग तीन हजार पाँच सय मिटर उचाइ लेकको काखमा अवस्थित केदारनाथ मन्दिर रहेको छ। रासस


प्रकाशित : बिहीबार , असार १४ २०८००९:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend