आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

केरुंगा खोलाको सीमांकनको काम सुरू

images
बिहीबार , असार १४ २०८०
images
images
केरुंगा खोलाको सीमांकनको काम सुरू

केरुंगा खोलाको सौन्दर्यकरण तथा पूर्वाधार निर्माणका लागि १४ करोड रूपैयाँ विनियोजन भएको भरतपुर महानगरपालिकाका इन्जिनियर शिवहरि अधिकारीले जानकारी दिए। उनका अनुसार यसको सौन्दर्यकरण गर्न तीन अर्ब रूपैयाँ बढी लाग्ने अनुमान गरिएको छ।

images
images

भरतपुर- भरतपुरको केरुंगा खोलाको सीमांकनको काम सुरू भएको छ। आज महानगरपालिकाको वडा नं ५ र ६ को सिमानाबाट सीमांकनको काम सुरू गरिएको हो। 

images
images
images

खोला सीमांकनको काम शुभारम्भ गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरपालिकाले सार्वजनिक जमिन संरक्षणको कामलाई निरन्तर अघि बढाएको बताइन्। उनले महानगरमा अतिक्रमित जमिनको संरक्षण गरिने भन्दै सबैको साथ र सहयोगको आवश्यकता रहेको बताइन्।

images
images

'सार्वजनिक जग्गामा बनेका अवैध संरचनाको पहिचान गरी हटाउने कार्यलाई महानगरपालिकाले प्राथामिकता राखेको छ', महानगरप्रमुख दाहालले भनिन्, 'व्यक्ति विषेश वा संस्थाले ओगटेको सार्वजनिक सम्पत्तिलाई संरक्षण गर्न क्षेत्रगत समिति गठन भएको छ।'

images
images
images

केरुंगा खोला संरक्षण समितिका संयोजक तथा उपप्रमुख चित्रसेन अधिकारीले वडा नं ११ देखि २४ को राप्ती नदीसम्म पुग्ने खोला ३० किलोमिटर लामो रहेको बताए। उनका अनुसार उक्त खोला वडा नं  १२, ९, ८, ७, ६, ५, १४, २२ र २३ नं हुँदै बगेको छ। संयोजक अधिकारीले प्रक्रिया पूरा गरेर सार्वजनिक जमिनलाई संरक्षण गरिने बताए।

हिउँदमा नारायणी लिफ्टको पानी नहरमा हालेर केरुंगामा डुंगा चलाउने योजना बनाइएको उपप्रमुख अधिकारीले बताए। खोलाको संरक्षण पश्चात यसको सौन्दर्यकरण गर्ने काममा लाग्ने उनको भनाइ छ।

केरुंगा खोलाको सीमांकनको कार्य निरन्तर अघि बढ्ने महानगरपालिकाका इन्जिनियर शिवहरि अधिकारीले बताए। 'केरुंगा खोलाको सौन्दर्यकरण तथा पूर्वाधार निर्माणका लागि १४ करोड रूपैयाँ विनियोजन भएको छ', उनले भने, 'केरुंगा खोलाको गुरुयोजनाअनुसार यसको सौन्दर्यकरण गर्न तीन अर्ब रूपैयाँ बढी लाग्ने अनुमान गरिएको छ।' खोलामा डुंगा चलाउन मिल्ने गरी दाँयाबायाँ साइकल ट्र्याक र ठाउँ ठाउँमा पार्कसमेत निर्माण गरिने उनले जानकारी दिए। रासस


प्रकाशित : बिहीबार , असार १४ २०८००७:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend