आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

बैतडीका स्थानीय तहको बजेटमा कृषि र सडकलाई प्राथमिकता

images
बिहीबार , असार १४ २०८०
images
images
बैतडीका स्थानीय तहको बजेटमा कृषि र सडकलाई प्राथमिकता

बैतडीमा चार नगरपालिका र छ गाउँपालिका छन्। डिलाशैनी गाउँपालिकाले नीति तथा कार्यक्रम सभामा पेश गरेको छ भने बजेट ल्याउन बाँकी छ।

images
images

बैतडी- कृषि, स्वास्थ्य, सडक र शिक्षालाई प्राथमिकता दिँदै बैतडीका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन्।  

images
images
images

नगरसभा तथा गाउँसभाबाट यहाँका नौ स्थानीय तहहरुको चार अर्ब ७३ करोड एक लाख रूपैयाँ बराबरको बजेट सार्वजनिक गरेका छन्। स्थानीय सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम र बजेटमा सार्वजनिक गर्दै शिक्षा, स्वास्थ्य, कृषि, रोजगार र सडकलाई मुख्य प्राथमिकतामा राखेका छन्।

images
images

सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ८२ करोड १७ लाख रूपैयाँ बराबरको बजेट ल्याएको छ। उपप्रमुख कौशिला चन्दले शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथमिकतामा राखेको बताइन्। नगरको ढल निकास र स्वच्छ, सफा नगरपालिका सामाजिक विकास, सुशासनलगायतका क्षेत्रलाई बजेटमा समेटिएको छ।

images
images
images

नगरपालिकाले पुँजीगततर्फ ११ करोड रूपैयाँ विनियोजन गरेको छ भने चालु खर्चतर्फ १३ करोड ४० लाख रूपैयाँ विनियोजन गरेको छ। यस्तै आर्थिक विकासतर्फ ७५ लाख रूपैयाँ विनियोजन गरेको नगरपालिकाले सामाजिक विकासतर्फ चार करोड ६० लाख रूपैयाँ र पूर्वाधार विकासतर्फ एक करोड ६६ लाख रूपैयाँ विनियोजन गरेको छ। नगरपालिकाले वातावरण तथा विपद् व्यवस्थापनतर्फ ५० लाख रूपैयाँ विनियोजन गरेको छ।

पुर्चौडी नगरपालिकाले ६४ करोड ५४ लाख रूपैयाँको बजेट ल्याएको  छ।  पूर्वाधार, कृषि, शिक्षा र  स्वास्थ्यलाई  प्राथमिकतामा राखेर बजेट ल्याएको जनाएको छ। उपप्रमुख मीना धानुकले सामाजिक विकास, पूर्वाधार, कृषि, शिक्षा स्वास्थ्यलाई र सुशासनलाई प्राथमकितामा राखेको बताइन्।

पुर्चौडीमा सामाजिक विकासतर्फ आठ करोड ५० लाख रूपैयाँ, वन वातावरण तथा विपद् व्यवस्थापनतर्फ ५० लाख रूपैयाँ, सुशासन तथा संस्थागत विकासतर्फ नौ करोड रूपैयाँ, पूर्वाधार विकासतर्फ सात करोड रूपैयाँ र आर्थिक विकासतर्फ एक करोड रूपैयाँ विनियोजन गरिएको छ।

यस्तै पाटन नगरपालिकाले ६३ करोड ५३ लाख रूपैयाँ बराबरको बजेट ल्याएको छ। बजेटमा शिक्षा, स्वास्थ्य र सामाजिक विकासलाई प्राथमिकतामा राखेको नगर प्रमुख गौरिसिंह रावलले बताए।

दोगडाकेदार गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले प्रस्तुत गरेको ५१ करोड ४४ लाख रूपैयाँको बजेटमा स्वास्थ्य, कृषि र सुशासनलाई प्राथमिकतामा राखिएको छ। उनले भनिन्, 'कृषि क्षेत्रलाई उत्पादनको प्रमुख क्षेत्रको रुपमा विकास गर्दै ‘अध्यक्ष नमुना कृषि गाउँ’ कार्यक्रम, ‘एक टोल एक उत्पादन’मा जोड दिएर उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन गरिने र उत्कृष्ट कृषकलाई पुरुस्कार दिने, शीतभण्डार निर्माण, कृषि बिउबिजन तथा मल केन्द्र स्थापना गरिनेछ।'

यसैगरी मेलौली नगरपालिकाले ४९ करोड ९४ लाख रूपैयाँको बजेट सार्वजनिक गरेको छ। सुर्नया गाउँपालिकाले ४२ करोड आठ लाख रूपैयाँको बजेट ल्याएको छ। सिगास गाउँपालिकाले केही नयाँ कार्यक्रमसहित पुराना कार्यक्रमलाई निरन्तरता दिएर ४३ करोड ८२ लाख रूपैयाँको बजेट सार्वजनिक गरेको छ। चालुतर्फ ३३ करोड ८९ लाख र पुँजीगततर्फ नौ करोड ९३ लाख रूपैयाँ बजेट विनियोजन गरिएको अध्यक्ष हरिसिंह धामीले बताए। उनले भने, 'कृषि र सडकलाई मुख्य प्राथमिकता दिएर बजेट ल्याएका छौँ।'

पञ्चेश्वर गाउँपालिकाले ३८ करोड ७४ लाख रूपैयाँको बजेट ल्याएको छ। कृषि, स्वास्थ्य र बिजुलीलाई  प्राथमिकतामा राख्दै बजेट गाउँसभामा पेश गरेको गाउँपालिका उपाध्यक्ष बीना भट्टले जानकारी दिए। शिवनाथ गाउँपालिकाले ३६ करोड ३४ लाख रूपैयाँको बजेट ल्याएको छ। बजेटमा शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखिएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए।

बैतडीमा चार नगरपालिका र छ गाउँपालिका छन्। डिलाशैनी गाउँपालिकाले नीति तथा कार्यक्रम सभामा पेश गरेको छ भने बजेट ल्याउन बाँकी छ। यही असार १५ गते बजेट ल्याउने तयारी गरेको गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले जानकारी दिए। रासस


प्रकाशित : बिहीबार , असार १४ २०८००४:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend