आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

प्रतिनिधिसभाबाट बजेट बहुमतले पारित

images
बुधबार, असार १३ २०८०
images
images
प्रतिनिधिसभाबाट बजेट बहुमतले पारित

बजेटसँगै आएका आर्थिक विधेयक, राष्ट्र ऋण ठाउने विधेयक भने अझै पारित भएका छैनन्। 

images
images

काठमाडौं- प्रतिनिधिसभाले विनियोजन विधेयक २०८० बहुमतले पारित गरेको छ। 

images
images
images

अर्थमन्त्री प्रकाशशरण महतले बुधबार प्रतिनिधिसभामा प्रस्तुत गरेको ‘विनियोजन विधेयक २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतले पारित भएको हो।

images
images

प्रतिनिधिसभाको बैठकमा मत विभाजन गरिएको थियो। मत विभाजनबाट प्रस्तावको पक्षमा बहुमतबाट पारित भएको हो।  

images
images
images

बजेको पक्षमा १ सय ४७ सांसदले मत दिएका थिए भने बजेटको विपक्षमा एक सय ८ मत परेको थियो। बुधबारको बैठकमा २ सय ७५ सांसदमध्य २ सय ५५ सांसद उपस्थित थिए।

बैठकमा २७ सांसदले विभिन्न मन्त्रालयको खर्च कटौतीको प्रस्ताव गरेका थिए, जुन बहुमतले अस्वीकृत भयो।  

बजेटसँगै आएका आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक भने अझै पारित भएका छैनन्। 


प्रकाशित : बुधबार, असार १३ २०८०१०:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend