आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

शिवशिखर सहकारीका सञ्चालकले साढे ११ अर्ब हिनामिना गरेको ठहर

images
बुधबार, असार १३ २०८०
images
images
शिवशिखर सहकारीका सञ्चालकले साढे ११ अर्ब हिनामिना गरेको ठहर

शिवशिखर बहुउद्देश्यीय सहकारीका सञ्चालक केदारनाथ शर्माले बचतकर्ताको साढे ११ अर्बभन्दा बढी हिनामिना गरेको पाइएको छ।

images
images

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एकजना सहकारी सञ्चालकले विभिन्न सहकारी संस्थामा बचत गरिएको साढे ११ अर्ब रूपैयाँभन्दा बढी रकम हिनामिना गरेको जनाएको छ। 

images
images
images

सीआईबीले सहकारी हिनामिनाको आरोप लागेपछि फरार भएका भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारीका निवर्तमान अध्यक्ष, मोरङको तुलसी बहुमुखी सहकारी संस्थाका अध्यक्ष तथा शिखर अर्गनाईजेसनका सञ्चालक केदारनाथ शर्माले यसरी बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा पक्राउ गरिएको जानकारी गराएको छ।

images
images

उनलाई यही असार ११ गते नेपालगञ्जबाट पक्राउ गरी आज सीआईबीले सार्वजनिक गर्दै कानूनी कारबाही अघि बढेको जानकारी गराएको छ। उनीसहितको समूहमाथि शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था कौशलटार, भक्तपुरमा कार्यालय रही नेपालका ३५ जिल्लामा सेवा केन्द्र रहेको सहकारीका शाखा कार्यालयमा एक लाख ६८ हजार सात सय २५ निक्षेपकर्ता सदस्यको १० अर्ब ७७ करोड ७६ लाख रूपैयाँ रकम हिनामिना गरेको आरोप छ। 

images
images
images

यस्तै, मोरङको तुलसी बहुमुखी सहकारी संस्थाका २१ हजार एक सय ५४ निक्षेपकर्ता सदस्यले एक अर्ब ५४ करोड ७५ लाख रूपैयाँ रकम प्रचलित सहकारी ऐन र नियमावली विपरीत सहकारी संस्थाबाट आफू तथा आफ्ना नजिकका व्यक्तिको नाममा सञ्चालित ४३ विभिन्न कम्पनीमा ऋण लगानी गरी हिनामिना गरेको पाइएको छ।

उक्त रकमको साँवा ब्याजसमेत सहकारी संस्थामा फिर्ता नगरी, सहकारी संस्थामा रहेको निक्षेप रकमबाट आफू र आफ्ना नजिकका व्यक्तिका नाममा जग्गा जमिन, सवारीसाधन खरिद गरी सर्वसाधारणको बचत रकम दुरुपयोग गरी सहकारी संस्थालाई हानि-नोक्सानी पुर्‍याएको पाइएको सीआईबीका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। रासस


प्रकाशित : बुधबार, असार १३ २०८००९:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend