आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

पाँचखालको बजेट : पलाञ्चोकलाई विश्व सम्पदामा राख्न पहल

images
बुधबार, असार १३ २०८०
images
images
पाँचखालको बजेट : पलाञ्चोकलाई विश्व सम्पदामा राख्न पहल

नगरपालिकाले आगामी आवका लागि ७९ करोड ९३ लाख ९८ हजार रूपैयाँ बजेट प्रस्तुत गरेको छ।

images
images

काभ्रे- पाँचखाल नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत बजेट, नीति तथा कार्यक्रममा ऐतिहासिक महत्व बोकेको पलाञ्चोक भगवती मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न विशेष पहल गरिने उल्लेख गरेको छ। 

images
images
images

नगरपालिकाले आगामी आवका लागि ७९ करोड ९३ लाख ९८ हजार रूपैयाँ बजेट प्रस्तुत गरेको छ। नगरप्रमुख महेश खरेलबाट प्रस्तुत नीति तथा कार्यक्रममा ऐतिहासिक महत्व बोकेको पलाञ्चोक भगवतीको मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न विशेष पहल गरिने उल्लेख गरिएको हो।

images
images

यस वर्षदेखि पलाञ्चोक भगवती क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक प्रतिक्रिया थालिने खरेलले बताए। 'सूचीकृत गर्न आवश्यकपर्ने सम्पूर्ण तयारीका लागि आउँदो आवमा बजेट विनियोजन गरी प्रक्रिया थाल्नेछौँ', उनले भने। पलाञ्चोक भगवती संघीय राजधानीबाट काभ्रेपलाञ्चोकको सदरमुकाम धुलिखेल हुँदै ५२ किलोमिटरको दुरीमा अवस्थित छ।

images
images
images

बैशाख पूर्णिमा र कात्तिक पूर्णिमामा भव्य मेला लाग्ने यस मन्दिरको महिमा र शक्तिको कृति निकै टाढाटाढासम्म फैलिएको बताइन्छ। यस मन्दिर लिच्छवीकालीन राजा मानदेवले आफ्नी आमाको सम्झनामा विक्रम संवत् चार सय २५ मा निर्माण गर्न लगाएको किंवदन्ती छ। शिल्पकलाको दृष्टिले पलाञ्चोक भगवतिको मूर्ति अद्वितीय मानिन्छ। नक्साल भगवती र शोभा भगवती, पलाञ्चोक भगवती एकै शिल्पकारले तयार गरेको जनाइएको छ। एउटै ढुंगाबाट बनेको उक्त मूर्ति अठार हात भएको, विभिन्न अस्त्रशस्त्रले सुसज्जित, चाँदीका गरगहना र मुण्डमाला पहिराइएको पलाञ्चोक भगवतीको ठूलो महिमा एवं श्रद्धा रहिआएको छ।

देशमा छरिएर रहेका अनेकन शक्तिस्थलमध्ये साक्षात देवीका रुपमा निस्वार्थ मनले पूजा तथा आरधना गर्दा मनोकामना पूरा हुने विश्वास गरिन्छ। भगवतीको पाउले दायाँबायाँ चण्ड एवम् मुण्ड र बीचमा महिषासुर दैत्यको ढाडलाई कुल्चिएको भगवतीको आकर्षक मूर्ति पश्चिमाभिमुख छ।

यस्तै नगरसभाले नगरको प्रशासनिक खर्च १५ करोड, पुँजीगत तथा कार्यक्रम खर्चका लागि ३२ करोड ७५ लाख, सशर्त योजना, समपुरक तथा विशेषतर्फ ३२ करोड १८ लाख ९८ हजार रूपैयाँ बजेट प्रस्तुत गरेको हो।

नगरमा रासायनिक विषादी न्यूनीकरण गरी हरित उत्पादनलाई प्रवर्द्धन गर्न गुणस्तरीय वानस्पतिक विषादी घर घरमा बनाउने कार्यलाई अभियान बनाइने, कृषिमा महिलाको पहुँच वृद्धि गर्न हरित महिला औद्योगिक ग्राम सञ्चालन कार्यलाई तीव्रता दिइने, पाँच वर्षभित्र बहुउद्देश्यीय चिस्यान केन्द्र स्थापना गर्ने, स्थानीय उत्पादित कृषि तथा वनमा आधारित कच्चापदार्थको प्रयोग गर्ने नयाँ उद्योगलाई सञ्चालनमा ल्याई दुई वर्षसम्म शतप्रतिशत करमा छुट दिइने र थप तीन वर्षसम्म ५० प्रतिशत करमा छुट दिने तथा तथा कम्तीमा १० जना स्थानीयवासीलाई सो अवधिभर रोजगारी दिने नयाँ उद्योगलाई समेत सोही सरहको सुविधा उपलब्ध गराइने नीति लिइने उल्लेख गरिएको छ। 

त्यस्तै ५० भन्दा बढी स्थानीयवासीलाई रोजगारी दिने नयाँ स्थापना हुने उद्योगसम्म पहुँच मार्ग र विद्युत् तथा पानीको व्यवस्था गरिने, एक वडा एक उद्योग स्थापना र सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरी लगानीकर्तालाई आकर्षित गर्न सुविधा दिई लगानी सम्मेलनको आयोजना गरिने जनाइएको छ। नगरले आउँदो आवमा मोतियाविन्दुको निःशुल्क स्क्रिनिङ् र शल्यक्रिया, वृद्ध असक्त र सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा, गर्भवती महिलालाई निःशुल्क युएसजी सेवा, क्याल्सियम, फोलिक एसिड निःशुल्क रुपमा वितरण गरिने, मानसिक रोगको निःशुल्क परीक्षण, वृद्धवृद्धालाई निशुल्क दाँत राख्ने, परामर्श तथा उपचार, नसर्ने रोगको निदानका कार्यक्रम सञ्चालन गर्ने, निःशुल्क पाठेघर जाँच तथा शल्यक्रिया, प्रयोगशाला विस्तार तथा पोषणको अवस्थालाई सुधार्न आवश्यक कार्यक्रम निर्धारण गरिने भएको हो।

नगर क्षेत्रभित्र पशुपक्षीको स्वास्थ्य परीक्षण र खोपका लागि सार्वजनिक-निजी साझेदारीमा प्रयोगशाला निर्माण, रोजगारी गुमाएका र वैदेशिक रोजगारीबाट फर्केका स्थानीयले उद्योग तथा व्यवसाय सञ्चालनार्थ बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको व्याजमा केही प्रतिशत छुट गाई उद्यमशिलतामा जोड दिइने प्रस्तुत जेट, नीति तथा कार्यक्रममा उल्लेख छ। 

यस्तै नगरले बालबिवाह रोक्न ‘नगरबासी जुटौं, बालविवाह रोकौं’ कार्यक्रम सञ्चालन गर्ने, बालमैत्री नगरपालिका घोषणा, किशोरीको आत्मसुरक्षा, मनोसामाजिक तथा अन्य परामर्श, अन्य जीवनोपयोगी तालिम व्यवस्था गरी विद्यमान सामाजिक विसंगती र कुरीतीलाई निरुत्साहित गरिने, सबै वडा कार्यालय, विद्यालय, स्वास्थ्य संस्था, महत्वपूर्ण धार्मिकस्थल एवं वस्तीमा पक्की सडकको पहुँच पुर्‍याइने जनाइएको छ। रासस


प्रकाशित : बुधबार, असार १३ २०८००८:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend