आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

ललिता निवासको १४३ रोपनी जग्गा विभिन्न व्यक्तिमा नामसारी, नक्कली मोही र गुठी खडा गरेर जग्गा हिनामिना

images
बुधबार, असार १३ २०८०
images
images
ललिता निवासको १४३ रोपनी जग्गा विभिन्न व्यक्तिमा नामसारी, नक्कली मोही र गुठी खडा गरेर जग्गा हिनामिना

'राणा परिवारलाई जग्गा फिर्ता गरेको नाममा, नक्कली मोही खडा गरेर, गुठी खडा गरेर जग्गा हिनामिना गरेको पाइएको छ, सरकारी जग्गामा मोही, गुठी कोही हुँदैन।'

images
images

काठमाडौं- बालुवाटारस्थित ललिता निवासको १ सय ४३ रोपनी जग्गा विभिन्न चरणमा व्यक्तिका नाममा नामसारी गरेको पाइएको छ। प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आज पत्रकार सम्मेलन गरी सो प्रकरणमा मंगलबार पक्राउ परेका चार जनालाई सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो।

images
images
images

सीआईबीले हिजो उक्त प्रकरणमा संलग्न भएको आरोपमा सात जनालाई पक्राउ गरेको थियो। यद्यपि तीन जनाले यसअघि नै अदालतबाट ‘स्टे अर्डर’ लिएको हुनाले प्रहरीले कागज गराएर छाडेको थियो। जसमा सुरेन्द्रमान कपाली, कलाधर  देउजा र हुपेन्द्रमणि केसी छन्।

images
images

काठमाडौं महानगरपालिका-६ का ६९ वर्षीय मीनबहादुर गुरुङ, काठमाडौं महानगरपालिका-७ रातोपुलका ८० वर्षीय धर्मप्रसाद गौतम, चन्द्रागिरि नगरपालिका-३ का ६० वर्षीय गोपाल कार्की र काठमाडौं महानगरपालिका-४ का ६८ वर्षीय सुधीर शाहलाई प्रहरीले सार्वजनिक गरेको छ।

images
images
images

ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जग्गा प्राप्ति ऐन, २०१८ बमोजिम तत्कालीन श्री ५ को सरकारले मुआब्जा दिई अधिग्रहण गरी नेपाल सरकार, समरजङ्ग कम्पनीका नाममा दर्ता रहेको ललिता निवासको जग्गा हिनामिना गरेको, सरकारी छाप दस्तखत कीर्ते मुद्दाको अनुसन्धानका क्रममा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए।

'राणा परिवारलाई जग्गा फिर्ता गरेको नाममा, नक्कली मोही खडा गरेर, गुठी खडा गरेर जग्गा हिनामिना गरेको पाइएको छ', उनले भने, 'सरकारी जग्गामा मोही, गुठी कोही हुँदैन।'

ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले लामो समयदेखि अनुसन्धान गरिरहेको ललिता निवास जग्गा प्रकरणको अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउने गरी काम गरिरहेको बताइन्। सरकारी वकिल कार्यालयबाट फाइल फिर्ता आइसकेपछि ब्यूरोले अनुसन्धानमा ठूलो मेहनत गरेको उनको भनाइ छ।


प्रकाशित : बुधबार, असार १३ २०८००७:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend