आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

चाँदी नदीमा वर्षौंदेखि अलपत्र पुल निर्माणको काम सुरु

images
बुधबार, असार १३ २०८०
images
images
चाँदी नदीमा वर्षौंदेखि अलपत्र पुल निर्माणको काम सुरु

रौतहटको चन्द्रपुर नगरपालिका-३ गैँडाटारस्थित चाँदी नदीमा निर्माण गर्न थालिएको सो पुल निर्माण कम्पनीका लापरबाहीका कारण लामो समयसम्म पुल अलपत्र अवस्थामा रहँदै आएको थियो।

images
images

चन्द्रपुर- वर्षौंदेखि अलपत्र रहेको चन्द्रनिगाहपुर र गैँडाटार जोड्ने चाँदी नदीमाथि पुल निर्माणको कामको सुरुवात गरिएको छ।

images
images
images

सडक डिभिजन कार्यालय रौतहटले ठेकेदारलाई दबाब दिएपछि लामो समयदेखि रोकिएको पुल बनाउने काम फेरी सुरुवात गरिएको हो। पुल बन्ने पर्खाइमा रहेका गैँडाटार क्षेत्रका बासिन्दाले रिले अनशन गरेर दबाब दिएपछि त्यसयता ठेकेदारले काम गर्न सुरु गरेको हो।

images
images

हाल पुल बनाउने कार्यमा दुई स्थानबाट स्परसँग बालुवा भरेर जोड्ने काम भएको स्थानीय अगुवा गोविन्द तिमलसिनाले बताए। सो पुलको काम आगामी पुस र माघभित्र सम्पन्न हुने आश्वासन ठेकेदारबाट पाएको तिमलसिनाले जानकारी दिए।

images
images
images

साइट इन्जिनियर मदनमोहन सिंहले हालसम्म ७० प्रतिशत कार्य सम्पन्न भएको बताए। उनले अनुसार पुलसँग जोडिने सडक निर्माणको काम भइरहेको जनाउँदै चाँडोभन्दा चाँडो पुल बनाउन ठेकेदार र कम्पनीलाई दबाब दिइएको बताए।

रौतहटको चन्द्रपुर नगरपालिका-३ गैँडाटारस्थित चाँदी नदीमा निर्माण गर्न थालिएको सो पुल निर्माण कम्पनीका लापरबाहीका कारण लामो समयसम्म पुल अलपत्र अवस्थामा रहँदै आएको थियो। चन्द्रनिगाहपुरबाट उत्तरतर्फको चुरे क्षेत्रका ग्रामीण बस्ती जाने एकमात्र सो पुल २२ करोड ४४ लाख रूपैयाँमा बनाउने ठेक्का पप्पु-शिवशंकर जेभीले पाएको थियो। रासस


प्रकाशित : बुधबार, असार १३ २०८००७:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend