आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

कालिका नगरपालिकाले ल्यायो खाना जोगाउने नीति

images
बुधबार, असार १३ २०८०
images
images
कालिका नगरपालिकाले ल्यायो खाना जोगाउने नीति

खानाको सम्मान तथा बचत गर्ने बानीको विकास विद्यार्थीकालदेखि नै सिकाउने नगरपालिकाको योजना छ।

images
images

चितवन- चितवनको कालिका नगरपालिकाले खाना नफाल्ने नीति अघि सारेको छ। नगर प्रमुख विनोद रेग्मी नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा खाना जोगाउने नीति अघि सारेको जानकारी दिए।

images
images
images

प्रमुख रेग्मीले विवाह, व्रतबन्ध, पास्नी, भोजभतेर, वनभोज जस्ता पारिवारिक, सामाजिक कार्यक्रमसँगै होटल, पार्टी प्यालेसमा खाना फाल्नेलाई नियमन गर्ने नीति ल्याइएको बताए।

images
images

'खाना जोगाउने कार्यक्रमका लागि विद्यालय तथा टोलस्तरमा खाद्य सुरक्षा, खाद्य संस्कारसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गछौँ, विद्यार्थीमार्फत् परिवारमा यो सन्देश पुर्‍याउन खोजिएको छ', उनले भने।

images
images
images

नगरपालिकाले पनि सचेतनाका लागि खाना नफालौंँ लेखिएका तुल, ब्यानर र सूचना सार्वजनिक गर्ने भएको छ। 'कतिपय आयोजकलाई तुल नगरपालिकाले आफै दिनेछ', उनले भने, 'कार्यक्रम आयोजकलाई स्वागतद्वारमै खान नफाल्न अनुरोध गरिएको तुल, ब्यानर वा सूचना राख्न अनुरोध गर्छौँ।'

खानाको सम्मान तथा बचत गर्ने बानीको विकास विद्यार्थीकालदेखि नै सिकाउने नगरपालिकाको योजना छ। उनले भने, 'पाठ्यक्रममै खाना नफाल्ने सन्देशमूलक सामग्री समावेश गर्छौँ।' नगरपालिकामा १२ हजार विद्यार्थी छन्। ‘पोसिलो खाउँ तर खाना नफालौँ’ भन्ने नारा दिएर उत्पादनमा पनि प्रोत्साहन गर्न लागेको उनको भनाइ छ।

क्षेत्रपुरको दियालो फुडल्याण्डका कार्यकारी निर्देशक रमेश अधिकारी भोजभतेरमा २० प्रतिशत हाराहारी खाना फालिने गरेको बताउँछन्। सहभागीले प्लेटमा धेरै खाना राख्ने तर पूरै नखाएर फाल्ने गरेको उनको भनाइ छ। उनले भने, 'खान सक्ने जति मात्रै लिएर नफाल्ने हो भने लागत मूल्यसमेत घटाउन सकिन्छ।' /f;;


प्रकाशित : बुधबार, असार १३ २०८००७:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend