आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

निगुरो बेचेर आम्दानी

images
बुधबार, असार १३ २०८०
images
images
निगुरो बेचेर आम्दानी
फाइल तस्बिर

सामुदायिक वनमा निगुरो टिप्न बिहानैदेखि साँझसम्म स्थानीयको भीड लाग्छ। सयौँ परिवारको गुजारा निगुरो टिपेरै चलेको छ।

images
images

बेलबारी- सहरी श्रेत्रमा माग बढेसँगै जंगलमा निगुरो टिप्नेको संख्या ह्वात्तै बढेको छ। अर्गानिक तरकारीका रूपमा परिचित निगुरो पूर्वी नेपालका जंगलमा प्रशस्त मात्रामा पाइन्छ। 

images
images
images

मोरङको पथरी, कानेपोखरी, लेटाङ, भाउन्ने, बेलबारीलगायत सामुदायिक वनमा निगुरो टिप्न बिहानैदेखि साँझसम्म स्थानीयको भीड लाग्छ। सयौँ परिवारको गुजारा निगुरो टिपेरै चलेको छ। राजमार्ग आवतजावत गर्ने यात्रुको कोसेलीको रोजाइमा परेको छ यहाँको निगुरो।

images
images

बेलबारी-१० भाउन्नेकी आच्छामाया राई ६८ वर्ष पुगिसकेकी छिन्। तर उनी दैनिक ३० देखि ४० मुठासम्म निगुरो टिप्दै आएकी छिन्। निगुरो २५ रूपैयाँमा प्रतिमुठा बेच्ने गरेको राई बताउँछिन्। उनीजस्तै सयौँ महिला यस क्षेत्रमा निगुरो टिपेरै आम्दानी गरिराखेकी छिन्।

images
images
images

भाउन्नेमा विगत २८ वर्षदेखि निगुरोको व्यापार गर्दै आएकी भद्रमाया भट्टराईका अनुसार केही वर्ष अघिसम्म अहिलेको जस्तो निगुरो काठमाडौं पठाइन्नथ्यो। 'बजारको खोजीमा इटहरी, दमक, बिर्तामोडसम्म पुर्‍याउनुपर्थ्यो तर अहिले अरुले टिपेर ल्याएको निगुरो हामीले संकलन गर्छौँ र हामीबाट काठमाडौंका व्यापारीले किनेर लैजान्छन्', भद्रमाया भन्छिन्।

यस क्षेत्रबाट दैनिक निगुरो राजधानीलगायत अन्य सहरमा बिक्रीका लागि लैजाने गरेका लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुजय गौतम बताउँछन्। वार्षिक झन्डै एक करोड रूपैयाँभन्दा बढीको निगुरो यहाँबाट बिक्रीका लागि लैजाने गरिएको छ। मोरङमा एक सय ३४ सामुदायिक वन छन्। पथरी, बेलबारी, कानेपोखरी र सुन्दरहरैँचाका सामुदायिक वनमा धेरै मात्रामा निगुरो पाइन्छ।

जिल्ला वन कार्यालय मोरङका डिभिजन वन अधिकृत विष्णुलाल घिमिरे निगुरोसम्बन्धी कार्यक्रम सामुदायिक वनको कार्ययोजनामै राख्न लगाउने बताउँछन्। चैत दोस्रो हप्तादेखि जंगलमा टिप्न मिल्ने निगुरो असोज अन्तिमसम्म टिप्न सकिन्छ। तर यो वर्ष निगुरो सुक्खा खडेरीले गर्दा बैशाखसम्म पलाउन सकेको थिएन।

कृषिविज्ञ डा राजेन्द्र उप्रेतीका अनुसार निगुरो एक उन्यू प्रजातिको वनस्पति भएकाले यसले चिस्यान क्षेत्र रोज्ने गरेको र त्यस क्षेत्रमा मात्र राम्ररी फस्टाउँछ। समयमा पानी नपरेर जमिन सुक्खा हुँदै गएमा निगुरो मासिन सक्ने डा उप्रेती बताउँछन्। निगुरोमा प्रोटिन, भिटामिन, क्याल्सियमलगायत पोषकतत्व पाइन्छ। रासस


प्रकाशित : बुधबार, असार १३ २०८००५:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend