शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

महाकाली करिडोरले सिँचाइ कुलो भत्काउँदा बैतडीका खेत बाँझै

बुधबार, असार १३ २०८०
महाकाली करिडोरले सिँचाइ कुलो भत्काउँदा बैतडीका खेत बाँझै

नेपाल, भारत र चीनसित जोड्ने र त्रिदेशीय नाकाका रूपमा विकास गर्ने अवधारणाका साथ डेढ दशकअघि करिडोर निर्माण थालिएको हो। महाकाली करिडोरले कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलालाई जोड्छ।

बैतडी- महाकाली करिडोरले बैतडीमा सिँचाइ कुलो भत्काएपछि खेत बाँझै रहेको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिका-२ को बज्वागडा स्कूल अगाडिबाट करिडोर खन्दा कुलो पुरिएका कारण यहाँका किसानको खेत बाँझै रहेको हो।  

सिचाइँ कुलो पुरिएपछि वर्षको तीन बाली उत्पादन हुने पञ्चेश्वरका डिम्मर, मटयानीलगायतका खेत अहिले बाँझै रहेका स्थानीय धनसिंह मंगोलाले बताए। अहिले डिम्मर र मटयानीका ४५ किसानको खेत बाँझै छ। उनले भने, 'वर्षको तीन बाली उत्पादन हुने खेत अहिले बाँझै छ। रोपाइँ हुने समय हो, तर कुलो नभएपछि समस्या भएको छ।'

यसअघि खेतमा गहुँ पाक्न लागेको बेला करिडोरको माटोले कुलो पुरेपछि गहुँको उत्पादनमा समेत कमी आएको स्थानीय रामसिंह मंगोलाले बताए। उनले भने, 'गहुँ पाक्ने बेला सिँचाइ नभएर उत्पादनमा कमी भयो, अब रोपाइँको बेलामा पनि समस्या भएको छ।'

मेसिनमा समस्या आएकाले उक्त क्षेत्रमा निर्माणको काम रोकिएको र लगत्तै सुरु गरिने त्यहाँको निर्माणको काम हेर्ने आयुष चन्दले बताए। नेपाल, भारत र चीनसित जोड्ने र त्रिदेशीय नाकाका रूपमा विकास गर्ने अवधारणाका साथ डेढ दशकअघि करिडोर निर्माण थालिएको हो। महाकाली करिडोरले कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलालाई जोड्छ। रासस


प्रकाशित : बुधबार, असार १३ २०८००५:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend