आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

बाँकेसहित ६ जिल्लाका ७ क्षेत्रलाई औद्योगिक ग्राम घोषणा गर्ने मन्त्रिपरिषद्‌को निर्णय

images
मंगलबार, असार १२ २०८०
images
images
बाँकेसहित ६ जिल्लाका ७ क्षेत्रलाई औद्योगिक ग्राम घोषणा गर्ने मन्त्रिपरिषद्‌को निर्णय
फाइल तस्बिर

बैठकले नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्य पदमा नवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।

images
images

काठमाडौं- सरकारले कालीकोट, अर्घाखाँची, बारा, पर्सा र पाल्पाका सात क्षेत्रलाई औद्योगिक ग्राम घोषणा गरेको छ।

images
images
images

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कालीकोटको रास्कोट नगरपालिका-६, कालीकोटकै नरहरिनाथ गाउँपालिका-२, बाँकेको राप्तीसोनारी गाउँपालिका-४, पाल्पाको रम्भा गाउँपालिका-३, अर्घाखाँचीको शीतगंगा गाउँपालिका-१३, पर्साको जगरनाथपुर गाउँपालिका-५ र बाराको महागढीमाइ नगरपालिका-५ गरी थप सात स्थानका जग्गा वा क्षेत्रलाई औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको हो।

images
images

यस्तै बैठकले नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्य पदमा नवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ। आजको बैठकले राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशकबाट इन्द्रसिंह लामा र माधव तिमिल्सिनालाई अनुसन्धान निर्देशकमा पदोन्नति गरी लामाको सुदुरपश्चिम र तिमिल्सिनाको कर्णाली प्रदेशमा पदस्थापन गर्ने निर्णय गरेको छ।

images
images
images


प्रकाशित : मंगलबार, असार १२ २०८०१२:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend