आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

कटान रोक्न मदुईमा ‘आपत्कालीन तटबन्ध’

images
मंगलबार, असार १२ २०८०
images
images
कटान रोक्न मदुईमा ‘आपत्कालीन तटबन्ध’

राप्तीको बाढीले अहिलेसम्म करिब ३० बिघा पक्का जमिन कटान गरिसकेको छ। विसं २०७४ मा आएको बाढीले राप्तीको खेतीयोग्य जमिन कटान गर्न सुरु गरेको थियो।

images
images

जानकी- प्रत्येक बर्खामा कटान हुने बाँकेको राप्ती सोनारी-२ कचनापुरस्थित मदुईमा ‘आपत्कालीन तटबन्ध’ निर्माण सुरु गरिएको छ। लुम्बिनी प्रदेश सांसद कृष्णा केसीको पहलमा ‘आपत्कालीन तटबन्ध’ निर्माण सुरु गरिएको हो।

images
images
images

सांसद केसीका अनुसार यसका लागि जलस्रोत मन्त्रालयमार्फत दुई करोड रूपैयाँ बजेट निकासा भएको छ। 'सकेसम्म वर्षायाम अगाडि नै काम पूरा गर्ने गरी लागेका छौँ, विगतमा ठूलो क्षति पुर्‍याएको छ, हेक्टरौँ हेक्टर जमिन कटान भएर गएको छ', सांसद केसीले भने।

images
images

विगत दुई दिनदेखि राप्तीमा कटान नियन्त्रणसम्बन्धी काम भइरहेको जनताको तटबन्ध कार्यालय लमहीका इन्जिनियर सूर्यदेव नायकले बताए। राप्तीमा पानीको बहाव बढेकाले तारजालीको तटबन्ध गर्न समस्या हुने भएपछि आकस्मिक रोकथामको प्रयासस्वरुप अहिले ठूल्ठूला ढुंगा नदी छेउमा राख्ने गरिएको उनले बताए। उक्त क्षेत्रमा करिब दुई सय २५ मिटर बराबर तटबन्ध गर्ने योजना रहेको छ। 

images
images
images

उनले ठूला ढुंगा राख्दा नदीले काट्न गर्न नपाउने बताउँदै ३० सेन्टी मिटरभन्दा कम ढुंगा नराखिने बताए। कचनापुरको मदुई, फत्तेपुरको खल्ला झगडिया, नरैनापुरको भोजभगवानपुरलगायत नौ स्थानमा कटान नियन्त्रण गर्न आवश्यक रहेको इन्जिनियर नायकको भनाइ छ।

पूर्वमन्त्रीसमेत रहेका कचनापुरका स्थानीय प्रेमबहादुर भण्डारीले राप्ती नदीले आफ्नो करिब १२ बिघा जमिन कटान गरेको बताए। 'करिब ३० बिघा पक्का जमिन कटान भइसकेको छ, बिनौना र मदुवाको बीचमा पुलमा पनि क्षतिको सम्भावना छ।'

नदी नियन्त्रणका लागि ठेक्का लागे पनि काम नभएको उनको भनाइ छ। राप्तीको बाढीले अहिलेसम्म करिब ३० बिघा पक्का जमिन कटान गरिसकेको छ। विसं २०७४ मा आएको बाढीले राप्तीको खेतीयोग्य जमिन कटान गर्न सुरु गरेको थियो। रासस


प्रकाशित : मंगलबार, असार १२ २०८०१०:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend