आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

चिनियाँ अर्बपति ज्याक मा काठमाडौंमा

images
मंगलबार, असार १२ २०८०
images
images
चिनियाँ अर्बपति ज्याक मा काठमाडौंमा

राज्य नियन्त्रित अर्थव्यवस्था रहेको चीनमा सरकार प्रमुखभन्दा चीनबाहिर धेरै लोकप्रिय भएपछि उनी चिनियाँ सरकारको तारोसमेत बन्ने गरेका छन्।

images
images

काठमाडौं- चिनियाँ नागरिक तथा सेलिब्रेटी अर्बपति ज्याक मा नेपाल आएका छन्। सार्वजनिक जीवनमा बिरलै देखिने गरेका ज्याक मा  बंगलादेशबाट चार्टर्ड विमानमार्फत मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। 

images
images
images

ज्याक मासहित ६ जनाको टोली नेपाल भ्रमणमा आएको हो। उनी तीन दिन नेपालमा रहने बुझिएको छ। कोभिडको समयमा ज्याक माले नेपालका लागि मास्क, कोरोना टेस्ट किट, प्रोटेक्टिभ सुट, भेन्टिलेटर र थर्मोमिटर लगायत आवश्यक सामाग्री सहयोग गरेका थिए। 

images
images

ज्याक मा विश्वचर्चित कम्पनी अलिबाबाका संस्थापक हुन्। विश्वभर अर्बपति ज्याक माको चर्चा चलिरहन्छ। राज्य नियन्त्रित अर्थव्यवस्था रहेको चीनमा सरकार प्रमुखभन्दा चीनबाहिर धेरै लोकप्रिय भएपछि उनी चिनियाँ सरकारको तारोसमेत बन्ने गरेका छन्।

images
images
images

सन् २०२० को अक्टोबरमा ज्याक माले एउटा सार्वजनिक कार्यक्रममा गरेको भाषण निकै महँगो पर्‍यो। सरकार र चिनियाँ व्यवस्थाप्रति आलोचना गरिएको उक्त भाषणलाई लिएर चिनियाँ राष्ट्रप्रति सिजिनपिङ नै आक्रोशित बनेको कतिपय मिडिया रिपोर्टमा उल्लेख थियो। 

चिनियाँ वित्तीय नियामकको आलोचना गरेपछि ज्याक माले प्रबर्द्धन गरेका कम्पनीमाथि चीन सरकारले कडाइ गर्दै आएको थियो। सरकारको निसानामा परेर विदेशिएका ज्याक मा गएको चैतमा चीन फर्किएका थिए। त्यसअघि उनी लामो समय जापान र थाइल्यान्ड बसेका थिए। 

ज्याक माले सन् १९९६ मा चाइना येलो पेजेजको सुरुवात गरेर व्यापारमा हात हालेका थिए। त्यसको तीन वर्षपछि सन् १९९९ मा ज्याक माले आफ्नो अपार्टमेन्टमा आफ्ना १७ जना साथीहरूसँग मिलेर ई-कमर्स वेबसाइट अलिबाबा सुरु गरेका हुन्।

अलिबाबाले चीन र बाँकी विश्वका निर्यातकर्तालाई विश्वभरका कम्पनीहरूसँग जोड्ने काम गर्दछ। अलिबाबाले ताओबाओ डटकम पनि चलाउँछ। यो चीनको सबैभन्दा ठूलो सपिङ वेबसाइट हो। अलिबाबाले पेमेन्ट वेबसाइटसम्मै आफ्नो पहुँच विस्तार गरेको छ।


प्रकाशित : मंगलबार, असार १२ २०८००९:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend