आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

बजेटले बुनेको समृद्ध लहानको सपना

images
मंगलबार, असार १२ २०८०
images
images
बजेटले बुनेको समृद्ध लहानको सपना

भौतिक पूर्वाधारअन्तर्गत नगर क्षेत्रभित्र १५ किलोमिटर पक्की सडक, पाँच वडा कार्यालयको भवन, दुर्गा मन्दिर, राम मन्दिर, कब्रगाहा, आर्यघाट, सुधारगृह निर्माण गर्नुका साथै थप बर्थिङ सेन्टर र पाँच सिटी लाइट जडान गर्ने योजना नगरले सार्वजनिक गरेको छ।

images
images

लहान- सिरहाको सबैभन्दा धेरै २४ वडा रहेको लहान नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि एक अर्ब १६ करोड २२ लाख रूपैयाँको बजेट सार्वजनिक गरेको छ।

images
images
images

बाह्रौँ नगरसभाले आइतबार नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दै नगरप्रमुख महेशप्रसाद चौधरीले ‘हाम्रो लहान-सुन्दर, समुन्नत र सभ्य लहान’ नारालाई मूल मन्त्रका रुपमा अगाडी सारेका हुन्। नीति तथा कार्यक्रम र बजेटमार्फत नगरपालिकाले शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिएको छ।

images
images

त्यसैगरी, पूर्वाधार एवं सहरी विकास, पर्यटन, सामाजिक सुरक्षा, रोजगारलगायत आर्थिक विकास तथा गरिबी निवारणमा प्रत्यक्ष योगदान पुर्‍या उन स्थानीय उत्पादनलाई बढावा दिनेगरी बजेट प्रस्तुत गरिएको छ। नगरपालिकाले शिक्षातर्फ सामुदायिक विद्यालयमा कक्षा तीनसम्म अंग्रेजी माध्यम, स्थानीय पाठ्यक्रम, विद्यालयमा नर्सको व्यवस्था, छात्रावाससहितको प्राविधिक विद्यालय सञ्चालन गर्ने जस्ता २६ बुँदे कार्यक्रम तय गरेको छ।

images
images
images

यसैगरी ‘एक कक्षा, एक पंखा, एक विद्यालय, एक कम्प्युटर’ वितरण गर्ने लक्ष्य समेत तय गरेको छ। भौतिक पूर्वाधारअन्तर्गत नगर क्षेत्रभित्र १५ किलोमिटर पक्की सडक, पाँच वडा कार्यालयको भवन, दुर्गा मन्दिर, राम मन्दिर, कब्रगाहा, आर्यघाट, सुधारगृह निर्माण गर्नुका साथै थप बर्थिङ सेन्टर र पाँच सिटी लाइट जडान गर्ने योजना नगरले सार्वजनिक गरेको छ।

नीति तथा कार्यक्रमले पहिलेदेखि शुल्क लिँदै आएको जन्मदर्ता, विवाहदर्ता, मृत्युदर्ता तथा नागरिकताको सिफारिस निःशुल्क गरेको जनाएको छ। स्वास्थ्यतर्फ एक नगर अस्पताल निर्माण, वडा स्वास्थ्य चौकीको स्तरोन्नति, दलित, सीमान्तकृत विपन्न समुदायलाई लक्षित गरी नगर क्षेत्रभित्र निःशुल्क एम्बुलेन्स तथा शववाहन सेवा सञ्चालन गर्न नगरसभाबाट बजेट विनियोजन गरेको जनाएको छ। 

कृषिमा यान्त्रिकीकरणका लागि कृषकलाई सहुलियत दरमा कृषि उपकरणको सेवा उपलब्ध गराउन ‘कस्टम हायरिङ सेन्टर’ स्थापना, लहानको आँपलाई ग्रेडिङ, प्याकेजिङ तथा ब्रान्डिङ, कृषकलाई अनलाइन सूचीकरण गरी किसान कार्ड लागू, कृषि सिँचाइ, डिप बोरिङ, सतह सिँचाइ सुविधा, कृषि सिँचाइ तथा विद्युत् मिटरमा अनुदान व्यवस्थालाई निरन्तरता दिइने बजेटमा उल्लेख गरिएको छ।

त्यसैगरी, नीति तथा कार्यक्रमले मिथिला कलासंस्कृतिको जगेर्ना गर्दै युवालाई उत्पादनमुखी बनाउन विभिन्न सरोकारवाला निकायको साझेदारीमा स्वरोजगार अभियान सञ्चालन गर्ने उल्लेख छ। नगरभित्रका पर्यटकीय स्थल सलहेश फूलबारी, मानिक दह, हात्तीदह, राजदेवी मन्दिरलगायत ऐतिहासिक, प्राकृतिक, सांस्कृतिक र धार्मिक महत्वका धरोहरलाई विशेष महत्व दिई पर्यटन प्रवद्र्धनको माध्यमबाट नगरको विकास गर्ने नीति लिएको छ।

प्रमुख चौधरीले आफूलाई कुनै राजनीतिक पार्टीको प्रतिनिधि नभएर एक साझा नगरप्रमुखका रुपमा अघि सारेर विकास निर्माणका साथै शिक्षा, स्वास्थ्य, रोजगार र समतामूलक समाज निर्माणमा आफूलाई समर्पित गरेको बताए। रासस


प्रकाशित : मंगलबार, असार १२ २०८००९:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend