आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

कृषि विकास कार्यालयका तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

images
मंगलबार, असार १२ २०८०
images
images
कृषि विकास कार्यालयका तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

कृषि विकास कार्यालय, मुगुकाका तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध १२ लाख ८३ हजार ३४ रूपैयाँ बिगो कायम गरी अख्तयार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो।

images
images

काठमाडौं- कृषि विकास कार्यालय, मुगुका तत्कालीन निमित्त कार्यालय प्रमुख पंचलाल बुढासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख बुढा, तत्कालीन सब इन्जिनियर राजेन्द्र शाही, उपभोक्ता समितका अध्यक्ष हस्तबहादुर रोकाया, कोषाध्यक्ष अमनाकुमारी रोकाया र सचिव भुवन रावलसहित ६ जनाविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। 

images
images
images

प्रमुख बुढाले मुगुको खत्याड गाउँपालिका-४ स्थित गुगियाचौरमा प्रदेश सरकारबाट प्राप्त रकम आव ०७६/०७७ मा सकिनुपर्ने योजनाको कामै नगरी सम्पन्न भएको प्रतिवेदन तयार गरी बिल भुक्तानी लगायतका कार्य गरी आर्थिक अनियमितता गरेको उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो। 

images
images

अनुसन्धानका क्रममा बुढाले आव ०७६/०७७ मा सञ्चालन भएको उक्त गाउँपालिकास्थित खिराचौर कृषि सिँचाइ निर्माण आयोजना अधुरा र समयमा काम नगर्ने उपभोक्ता समिति तथा अन्य संलग्नहरुलाई नियमानुसार कारबाही गर्नुपर्नेमा सो नगरी निर्माणस्थलमा भए गरेको कार्य भन्दा बढी तथा साइटमा नगरे/नगराएको परिमाणको कार्य भएको भनी नापी किताबमा चढाई सोही बमोजिमको कार्य स्वीकार प्रतिवेदन तयार/प्रमाणित गरी भुक्तानीको लागि टिप्पणी उठाउन लगाई १२ लाख ८३ हजार ३४ रूपैयाँ उपभोक्ता समितिलाई बढी भुक्तानी दिएको पाइएको छ। उनलाई सोही रकम बराबरको बिगो कायम गरी अख्तियारले मुद्दा दायर गरेको हो। 

images
images
images

यस्तै यसमा संलग्न सब इन्जिनियर शाही, उपभोक्ता समितका अध्यक्ष रोकाया लगायतलाई पनि १२ लाख ८३ हजार ३४ रूपैयाँ रकम बिगो कायम गरी विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।


प्रकाशित : मंगलबार, असार १२ २०८००९:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend