आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

बाँडफाँटमा विवाद भएपछि धनुषाका पाँच पालिकाले निर्धारित समयमा ल्याउन सकेनन् बजेट

images
मंगलबार, असार १२ २०८०
images
images
बाँडफाँटमा विवाद भएपछि धनुषाका पाँच पालिकाले निर्धारित समयमा ल्याउन सकेनन् बजेट

असार १० गतेभित्र सबै स्थानीय तहले बजेट ल्याइसक्ने कानूनी प्रावधान भए पनि धनुषाका पाँच स्थानीय तहले समयमा बजेट ल्याउन सकेनन्।

images
images

धनुषा- धनुषाका पाँच स्थानीय तहले निर्धारित समयमा बजेट ल्याउन सकेनन्। बजेट बाँडफाँटमा विवाद भएपछि पाँच पालिकाले बजेट ल्याउन नसकेका हुन्।

images
images
images

यही असार १० गतेभित्र सबै स्थानीय तहले बजेट ल्याइसक्ने कानूनी प्रावधान भए पनि मिथिला नगरपालिका, कमला नगरपालिका, सहिदनगर नगरपालिका, धनौजी गाउँपालिका र औरही गाउँपालिकाले निर्धारित समयमा बजेट ल्याउन सकेका छैनन्। यी पालिकाहरूमा अल्पमत बहुमत तथा योजना बाँडफाँटमा विवाद देखिएको थियो।

images
images

मिथिला नगरपालिकाका प्रमुख महेन्द्र महतोले नेकपा (एमाले) बाट निर्वाचित जनप्रतिनिधिहरूको आन्तरिक विवादका कारण बजेट ल्याउन कठिन भएको आरोप लगाए। पटक-पटक नगरसभा गर्ने प्रयास गरे पनि असफल भएको उनको गुनासो थियो।

images
images
images

'दुई पटक नगरसभा गर्ने विषयमा कार्यपालिका बैठक आह्वान गर्‍यौँ तर दुवै पटक एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु अनुपस्थित हुनुभयो', उनले भने, 'बुँदागतरूपमा उहाँहरुले हालसम्म कुनै माग पनि राख्नुभएको छैन। खै के हो? उहाँहरुसँगै बुझ्नुस्।' यस विषयमा उपप्रमुख सुनिता सिंह बुढाथोकीसँग पटक-पटक सम्पर्क गर्न खोज्दा पनि फोन उठाइएन।

यस्तै धनौजी गाउँपालिकाका अध्यक्ष राजकुमार साहले बजेट ल्याउने प्रयासमै रहेको बताए। कुन कारणले निर्धारित समयमा बजेट आउन नसकेको भन्ने जिज्ञासामा उनले सोही कुरा दोहोर्‍याएर फोन राखे। यस पालिकामा योजना बाँडफाँटमा विवाद रहेको बुझिएको छ।

कमला नगरपालिकाले नीति तथा कार्यक्रम ल्याए पनि बजेट ल्याउन सकेको छैन। उपप्रमुख शिलादेवी मण्डलले बजेट आउन समय लाग्ने बताइन्। जनप्रतिनिधिहरुको विगतकै माग पूरा नभएका कारण बजेट नआएको उनले बताइन्। यसअघि उपप्रमुख मण्डलले चालु आर्थिक वर्षको नगरसभा खारेजको माग गर्दै जनकपुर उच्च अदालतमा उजुरी नै गरेकी थिइन्। नगरप्रमुख विशेश्वर यादवसँग सुरुवाती समयदेखि उनको मनमुटाव थियो।

सहीदनगर नगरपालिकामा नगरसभा हुनेबारे कुनै तयारी छैन। जनप्रतिनिधिहरु नगरप्रमुखसँग असन्तुष्ट छन्। नगरप्रमुख दिनेशप्रसाद यादवले बजेट ल्याउन केही समय लाग्ने बताए। सबै पक्षलाई समेटेर अगाडि बढ्न खोज्दा निर्धारित समयमा बजेट ल्याउन नसकेको उनको भनाइ थियो तर उपप्रमुख सुनिताकुमारी सिंहले छलफल गर्न बाँकी रहेका कारण बजेट ल्याउन नसकेको बताए। योजना तर्जुमा भए पनि अन्य विषयको  छलफलमा सहमति नभएकै कारण अगाडि नबढेको उनको भनाइ थियो। 'केही विषयमा छलफल गर्न बाँकी छ। योजना र राजस्व परामर्श समितिहरुसँग पनि छलफल गर्न बाँकी छ। उपप्रमुख सिंहले योजना बाँडफाँटतर्फ संकेत गर्दै भने, 'प्रमुख प्रशासकीय अधिकृत सावन चौधरी पनि बाहिर छन्। अब हामी छलफल गरेर बजेट ल्याउने तयारी गर्छौँ।'

यस्तै औरही गाउँपालिकाका अध्यक्ष उमाशंकरप्रसाद साहले अन्य पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले विवाद खडा गरेको बताए। उनका अनुसार ती जनप्रतिनिधिहरु अन्य नेताको इसारामा चलेका कारण विवाद भइरहेको छ। रासस


प्रकाशित : मंगलबार, असार १२ २०८००८:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend