आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

चालु आवमा हेटौँडाबाट चार करोड ३५ लाखभन्दा बढी माछाका भुरा भारत निर्यात

images
मंगलबार, असार १२ २०८०
images
images
चालु आवमा हेटौँडाबाट चार करोड ३५ लाखभन्दा बढी माछाका भुरा भारत निर्यात

चालु आर्थिक वर्षको असार १० गतेसम्म चार करोड ३५ लाख भन्दाबढी माछाका भुरा उत्पादन गरी बिक्री वितरण गरिएको छ।

images
images

बागमती- मकवानपुरको  हेटौँडामा उत्पादित विभिन्न विकासे जातका माछाका भुरा भारतमा निर्यात भइरहको छ।

images
images
images

नेपालसगँको सिमा क्षेत्रका भारतीय  किसानले माछाका भुरा लाने गरेको यहाँस्थित प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवम् संरक्षण केन्द्रले जनाएको छ। भारतीय किसानले  वारा, पर्सा र रौतहटका किसानमार्फत राम्रो नश्लका सो भुरा लैजाने गरेको सम्बद्ध कर्मचारीले जनाए। प्राप्त जानकारी अनुसार १० लाख भन्दाबढी माछाका भुरा भारतमा जाने गरेको  छ। त्यस्तै माछासमेत खरिद गरी भारतमा लैजाने गरेको बताइएको छ।

images
images

कार्यालयबाट प्राप्त जानकारी अनुसार चालु आर्थिक वर्षको असार १० गतेसम्म चार करोड ३५ लाखभन्दा बढी माछाका भुरा उत्पादन गरी बिक्री वितरण गरिएको छ। केन्द्र प्रमख सरोज यादवका अनुसार किसानको मागबमोजिम विगतको तुलनामा माछाको भुरा उत्पादन र बिक्री बढ्दै गएको छ। विगतमा प्रत्येक वर्ष तीन करोडदेखि तीन करोड ३४ लाख माछाको भुरा उत्पादन तथा बिक्री हुँदै आएकामा व्यवस्थापनमा सुधार आएपछि यसवर्ष माछा र भुराको उत्पादन वृद्धि गरिएको हो। त्यसका लागि कार्यालयमा भएका पोखरी मर्मत र सुधार गरिएको छ।

images
images
images

केन्द्र प्रमुख यादवले थप भुरा र माछा उत्पादनका लागि पोखरीको क्षमता विकास, सरसफाइ, मर्मत र निमार्णको कामलाई निरन्तरता दिइएको जानकारी दिए। यहाँ रहेको माछा फार्मबाट सात जातका विकासे माछा प्रजनन गरी भुरा बिक्री गर्दै आइएको छ। हाल स्थानीय लोपोन्मुख सहर तथा गर्दीजातको रंगीन कोई कार्प माछा प्रजनन तथा बिक्री वितरणको क्रममा रहेको छ।

कार्यालयका अनुसार न्यानो पानीमा फस्टाउने  सरकारीस्तरबाट सिफारिश गरिएका विभिन्न स्वदेशी माछा, रहु, नैनी, माकुर तथा विदेशी माछा कमन कार्प, सिल्भर कार्प, विगहेड कार्प, ग्रप्स कार्पसहित  सात जातका भुरा उत्पादन गरी विभिन्न जिल्लाका माछा किसानलाई बिक्री वितरण गरिएको छ।

आर्थिक वर्ष २०७६/७७ देखि हालसम्म वार्षिक पाँच लाख रूपैयाँभन्दा बढी माछा र भुरा बिक्रीबाट  कार्यालयको राजस्व बढ्दै गएको छ। चालु आर्थिक वर्षमा उक्त केन्द्रले ३१ लाख रूपैयाँभन्दा बढीको माछा र भुरा वितरण गरेको छ। साथै हेटौँडा र चितवनसहित २२ जिल्लामा पनि माछाका भुरा बिक्री हुने गरेको छ। 

एकीकृत मत्स्यपालन प्रणालीअन्तर्गत बंगुरपालन प्रणालीको सुरुवात गरिएको छ भने भौतिक संरचना सुधारका साथै आठवटा जीर्ण पोखरी मर्मत गरी सञ्चालनमा ल्याइएको कार्यालयका सूचना अधिकारी बलराम अधिकरीले बताए। मत्स्य सङ्ग्रहालयअन्तर्गत संरक्षित माछाको नमुना र लिभफिश म्युजियम स्थापना तथा सञ्चालनको प्रक्रिया अगाडि बढाइएको प्रमुख यादवले जानकारी दिए।

'आर्थिक वर्ष २०७५/७६ देखि प्राकृतिक जलाशय जातीय विविधतासम्बन्धी अध्ययन अनुसन्धानको क्रममा राप्ती नदी, श्यार्फुताल, बागमती नदी, सामरी नदी, बकैया नदी, अरुण नदी, कोशी नदी, कर्णाली नदी, बेगनास ताललगायत नदी तथा तालमा माछाको विविधतासम्बन्धी जाँच तथा अभिलेख राखिएको छ। यसबाट ४५ प्रजातिका माछाका नमुना संकलन गरिनाका साथै पानीको गुणस्तरसमेत जाँच गरिएको कार्यालयले जनाएको छ।

ग्रासकार्प माछाको आहारको रूपमा पोखरीको डिलमा उन्नत तथा पोसिलो जातका घाँसजस्तै नेपियर वर्षीम, केरा ,सुडान, जै घाँसबाट माछाको आहारमा लाग्ने लागतको तुलनात्मक अध्ययन भइरहको छ। जलीय विविधता एवम् प्रवर्द्धन तथा प्राकृतिक जलाशयमा आश्रित जनसमुदायको सामाजिक स्तरोन्नति र जीविकोपार्जनसगँ सम्बन्धित विभिन्न किसिमका कार्यक्रम जस्तै खोला नालामा स्थानीय जातका भुरा छाड्ने जनचेतनामूलक होर्डिगङ बोर्ड, गोष्ठी, सभालगायत कार्यक्रम गर्दै आएको सो कार्यालयले जनाएको छ।

काठमाडौं तथा स्थानीय हेटौँडा बजारका लागि खाने माछा उत्पादन गरी आपूर्ति गर्ने उद्देश्यले २०२४ सालमा स्थापित सो केन्द्रको समय सापेक्ष काम र नाममा परिर्वतन हुँदै आएको छ। उक्त केन्द्रअन्तर्गत ४७ दशमलव नौ हेक्टर जमिनमा माछा पोखरी छ। रासस


प्रकाशित : मंगलबार, असार १२ २०८००७:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend