आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

ललिता निवास जग्गा प्रकरण : भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ 

images
मंगलबार, असार १२ २०८०
images
images
ललिता निवास जग्गा प्रकरण : भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गुरुङलाई आज पक्राउ गरेको हो। 

images
images

काठमाडौं- ललिता निवासको जग्गा हिनामिना प्रकरणमा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गुरुङलाई आज पक्राउ गरेको हो। 

images
images
images

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा गुरुङसमेत मुछिएका थिए। ललिता निवासको जग्गा हडप्नका लागि सरकारी कागजात किर्ते गरेको कसुरमा अनुसन्धान गर्न उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।

images
images

प्रहरीले यस प्रकरणमा विशेष अपरेसन चलाइरहेको जनाएको छ। प्रहरीले उक्त प्रकरणमा संलग्न भएको आशंकामा थप केही व्यक्ति पनि खोजी गरिरहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले जानकारी दिएका छन्।

images
images
images

यस प्रकरणमा डेढ वर्षअघि नै सीआईबीले अनुसन्धान टुंग्याएर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको थियो। तर सरकारी वकिल कार्यालयले अनुसन्धान पूर्ण नभएको र थप अनुसन्धान आवश्यक पर्ने भन्दै फाइल फिर्ता गरेको थियो। २०४९, २०६२, २०६७ र २०६९ सालमा गरी चारपटक सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरिएको सीआईबीको अनुसन्धानले देखाएको थियो।

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा एक भूतपूर्व उपप्रधानमन्त्री, तीन पूर्वमन्त्री र आफ्नै एक पूर्वप्रमुख आयुक्तसहित १ सय ७५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दा विचाराधीन अवस्थामा नै छ। बालुवाटारस्थित बहुमूल्य जग्गा व्यक्तिको नाममा दर्ता गरेको ठहर गर्दै उनीहरूविरुद्ध मुद्दा दायर गरिएको हो। 

 


प्रकाशित : मंगलबार, असार १२ २०८००६:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend