आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

तिलागुफा नगरपालिकाले ल्यायो 'पशु पैँचो' कार्यक्रम

images
सोमबार, असार ११ २०८०
images
images
तिलागुफा नगरपालिकाले ल्यायो 'पशु पैँचो' कार्यक्रम

कृषि क्षेत्रमा पशुपालन वृद्धि गर्ने उद्देश्यले पशुपैँचो कार्यक्रममा सञ्चालनमा ल्याइएको हो।

images
images

मान्म- कालीकोटको तिलागुफा नगरपालिकाले 'पशु पैँचो' कार्यक्रम सञ्चालन गर्ने भएको छ। नगरको १३औँ सभामा प्रस्तुत नीति तथा कार्यक्रम र बजेटमा नगरलाई कृषिमा आत्मनिर्भर बनाउनका लागि पशु पैँचो कार्यक्रम सञ्चालन गर्न लागिएको नगरपालिकाका प्रमुख शंकर उपाध्यायले जानकारी दिए।

images
images
images

पशुपालन व्यवस्थालाई प्रवर्द्धन गर्न विपन्न र आर्थिक अवस्था कमजोर भएका लगनशील किसानलाई पशु पैँचो कार्यक्रम लागु गरिने बजेटमा उल्लेख छ। बजेटमा कम उत्पादन क्षमता भएका पशुको बहिर्गमन गरी उन्नत नश्लका पशुपन्छीको आगमन गर्न र पशुजन्य उत्पादन बढाउन प्राकृतिक पशु प्रजननमा उन्नत पाडा, राँगा, बोका र साँढे वितरण गरिने पनि बजेटमा उल्लेख छ। कृतिम पशु प्रजननका लागि राष्ट्रिय पशु प्रजनन केन्द्र पोखरा र मातहतका निकायसँग समन्वय गरी कृतिम गर्भाधान सेवा बिस्तार गर्न पहल गरिने समेत उल्लेख छ।

images
images

कृषि क्षेत्रमा पशुपालन वृद्धि गर्ने उद्देश्यले पशुपैँचो कार्यक्रममा सञ्चालनमा ल्याइएको उनको भनाइ छ। तिलागुफा नगरपालिकामा गाईभैँसी, भेडाबाख्रा पालन र चरन क्षेत्र राम्रो छ। 

images
images
images

'नगरपालिकाले भौतिक संरचना निर्माण, स्वास्थ्य बीमालाई निरन्तरता, कृषि क्षेत्रको विकासका लागि पशुपैँचोसहित वृहत् सिँचाइ आयोजना सञ्चालनमा ल्याउने नीति लिएको छ', उनले भने, 'यी कार्यक्रमले नगरपालिका भित्रको विकास र समृद्धि गर्ने लक्ष्य राखेका छौंँ।'

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै चालु आवमा भएका सबै कार्यक्रमलाई निरन्तरता दिँदै थप कार्यक्रममा पशुपैचो, एक घर पाँच फलफुल बिरुवा कार्यक्रम सञ्चालन गरिने नगर उपप्रमुख महेन्द्रबहादुर शाहीको भनाइ छ। 'भौतिक संरचना निर्माण, खानेपानी सञ्चालन, लक्षित वर्गका कार्यक्रमलाई प्राथमिकता दिइएको छ', उनले भने, 'स्थानीय रैथाने बालीको संरक्षणका लागि भटमास, कोदो, सिमी, कागुनो र फापर खेतीलाई जोड दिन किसानलाई प्रोत्साहन गरिनेछ।'

नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ६३ करोड ११ लाख ५४ हजार आठ सय २२ करोड रूपैयाँको बजेट ल्याएको छ। रासस


प्रकाशित : सोमबार, असार ११ २०८००७:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend