आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

बागलुङका स्थानीय तहले ल्याए पाँच अर्ब ९६ करोडको बजेट

images
सोमबार, असार ११ २०८०
images
images
बागलुङका स्थानीय तहले ल्याए पाँच अर्ब ९६ करोडको बजेट

बागलुङका चार नगरपालिका र छ गाउँपालिकाले पाँच अर्ब ९६ करोड ७७ लाख १७ हजार ६ सय रूपैयाँको बजेट ल्याएका हुन्।

images
images

गलकोट- बागलुङका सबै स्थानीय तहले नीति तथा कार्यक्रम र बजेट ल्याएका छन्। बागलुङका चार नगरपालिका र छ गाउँपालिकाले पाँच अर्ब ९६ करोड ७७ लाख १७ हजार छ सय रूपैयाँको बजेट ल्याएका हुन्। आर्थिक वर्ष २०८०/८१ को लागि संघीय सरकार, प्रदेश सरकारको अनुदान र आन्तरिक आयका आधारमा बजेट पेस गरिएको छ।

images
images
images

बागलुङ नगरपालिकाले एक अर्ब ३३ करोड रूपैयाँको बजेट ल्याएको छ। नगरपालिकाको १३औँ नगरसभा समक्ष नगर उपप्रमुख राजु खड्काले नगरपालिकाले सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँट, सर्शत र समपूरक शीर्षकमा प्राप्त अनुदान, गण्डकी प्रदेश सरकारबाट प्राप्त हुने अनुदान र नगरपालिकाको आन्तरिक आयको आधारमा बजेट प्रस्तुत गरेका थिए।

images
images

गलकोट नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६८ करोड १२ लाख १८ हजार रूपैयाँ बजेट ल्याएको छ। नगरपालिकाका नगर उपप्रमुख फमलाल निउरेले वित्तीय समानीकरण अनुदानबाट ११ करोड ३८ लाख, राजस्व बाँडफाँटबाट १० करोड ९५ लाख, सशर्त अनुदानबाट ३६ करोड १० लाख, विशेष अनुदानबाट एक करोड ५० लाख रूपैयाँसहितको बजेट पेस गरे।

images
images
images

त्यस्तै जैमिनी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७२ करोड चार लाख ६८ हजार रूपैयाँ बजेट सार्वजनिक गरेको छ। नगर उपप्रमुख हरिहर शर्माले ७२ करोड चार लाख ६८ हजार सात सय रूपैयाँ बराबरको बजेट प्रस्तुत गरेका हुन्।

त्यसैगरी, ढोरपाटन नगरपालिकाले ५५ करोड २४ लाख रूपैयाँको बजेट प्रस्ताव गरेको छ। नगर उपप्रमुख धनबहादुर कायतले नगर सभासमक्ष, आन्तरिक आम्दानी, संघीय सरकार र प्रदेश सरकारको अनुदानका आधारमा ५५ करोड २४ लाख रूपैयाँको बजेट नगरसभासमक्ष पेस गरेको बताए।

त्यस्तै बागलुङको तमानखोला गाउँपालिकाले ३० करोड ३८ लाख ४९ हजार रूपैयाँ बजेट ल्याएको छ। तमानखोला गाउँपालिकाको चालु खर्च चार करोड ४० लाख, संघीय सशर्त अनुदान ११ करोड ७५ लाख, समपुरक अनुदान ७० लाख, संघीय विशेष अनुदान ९० लाख रूपैयाँका आधारमा बजेट तयार गरिएको हो।

बागलुङको काठेखोला गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५६ करोड १२ लाख ३४ हजार रूपैयाँ बराबरको बजेट ल्याएको छ। गाउँसभामा उपाध्यक्ष तेजबहादुर थापा तिलकले बजेट प्रस्तुत गरेका थिए।

बडिगाड गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ६७ करोड १९ लाख ६४ हजार बराबरको बजेट तथा कार्यक्रम ल्याएको छ। गाउँसभामा आर्थिक वर्ष २०८०/८१ को लागि गाउँपालिका उपाध्यक्ष भीमसेन बनले प्रस्तुत गरेको बजेट पारित भएको हो। 

त्यस्तै ताराखोला गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३६ करोड ६७ लाख ९३ हजार रूपैयाँ बजेट पेस गरेको छ। गाउँपालिका उपाध्यक्ष भीमबहादुर रोकाले आन्तरिक आम्दानी, संघीय सरकारको विभिन्न शीर्षक अन्तर्गतको अनुदान र गण्डकी प्रदेशको विभिन्न शीर्षकको अनुदान अन्तरगत आगमी आर्थिक वर्ष २०८०/८१ का लागि ३६ करोड ६७ लाख रूपैयाँ बजेट गाउँसभा समक्ष पेस गरेका हुन्।

यस्तै बरेङ गाउँपालिकाले ३१ करोड २९ लाख ८१ हजार रूपैयाँको बजेट ल्याएको छ। गाउँपालिका उपाध्यक्ष दिलीपकुमार पुनले गाउँसभामा आर्थिक वर्ष २०८०/८१ का लागि उक्त बजेट प्रस्तुत गरेका छन्।

जिल्लाको निसीखोला गाउँपालिकाले ४६ करोड ४६ लाख ८० हजार रूपैयाँको बजेट प्रस्तुत गरेको छ। आइतबार आयोजित गाउँसभामा गाउँपालिका उपाध्यक्ष प्रेमबहादुर घर्तीमगरले संघीय अनुदान, प्रदेश अनुदान र आन्तरिक आयका आधारमा उक्त बजेट पेस गरेका हुन्। 

गाउँपालिकाले सामाजिक विकासमा २० प्रतिशत, पूर्वाधारमा ३५ प्रतिशत, आर्थिक विकासमा २० प्रतिशत, सुशासन र वनमा १०/१० प्रतिशत बजेट बाँडफाँट गरेर सभामा पेस गरेको हो। रासस  


प्रकाशित : सोमबार, असार ११ २०८००७:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend