बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सामाजिक सञ्जालको साम्राज्यमा वैकल्पिक बन्न नसकेका विकल्प 

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असार ११ २०८०
सामाजिक सञ्जालको साम्राज्यमा वैकल्पिक बन्न नसकेका विकल्प 

हजार आलोचनाका बाबजुद पनि ट्विटर छाड्न धेरैले सकेका छैनन्। ट्विटर विगतकोभन्दा खराब त भएको छ तर यसको प्रभाव देखेर धेरैले छाड्ने आँट गरेका छैनन्। 

काठमाडौं- विद्युतीय गाडी टेस्लाको जबरजस्त बजारीकरणबाट उदाएका एलन मस्कले गत वर्ष माइक्रो ब्लगिङ साइट ट्विटर खरिद गरेदेखि नै प्रविधिको दुनियाँमा सदाबहार चर्चाको विषय त्यही बनेको छ। 

मस्कले खरिद गरेर एक वर्ष हुन लाग्दासमेत बहसको एउटा विषय मस्कको ट्विटर रहेको छ। हुन पनि मस्कले ट्विटर खरिद गरेदेखि अस्वभाविक लाग्ने निर्णय लिइरहेका छन्। संसारका प्रभावशालीहरूको अभिव्यक्ति साझा गर्ने बलियो माध्यम बनेको ट्विटरको कन्टेन्ट मोडेरेसनदेखि प्रविधिमा पनि छेडखानी गरेको आरोप मस्कमाथि लागेको छ। 

नियन्त्रणकारी अल्गोरिदमबाट टाढा राख्नुपर्ने सामान्य धर्मलाई भुलेर मस्कले पैसाकै भरमा जथाभावी गरेको आरोप लागेको छ। 

मिडियादेखि ट्विटर प्रयोगकर्ताकै बीचमा मस्कको ट्विटर विरोधी जमात बलियो देखिन्छ। यही जमातको भावना खिच्ने उद्देश्यसहित विकल्प दिन भन्दै विभिन्न एप्लिकेसन आउने घोषणा भए। अर्थात् मस्कबिनाको ट्विटर बनाउने भन्दै ब्लुस्काई पनि आयो। ट्विटरकै संस्थापक ज्याक डोर्सीको सहभागितामा आएको यसले खासै सार्वजनिक ध्यान खिच्न सकेको छैन। 

हजार आलोचनाका बाबजुद पनि ट्विटर छाड्न धेरैले सकेका छैनन्। ट्विटर विगतकोभन्दा खराब त भएको छ तर यसको प्रभाव देखेर धेरैले छाड्ने आँट गरेका छैनन्। 

ट्विटरजस्तै सामाजिक सञ्जालमा मान्छेको रहनुका विभिन्न कारण भएपनि मुख्यत: सञ्जाल, रमाइलो, प्रतिष्ठा, पैसाकै लागि हो। मुख्यत सबैको उद्देश्य बजारीकरण नै हो। विचार होस् या वस्तु या व्यक्तित्वको बजारीकरण नै अन्तरनिहित उद्देश्य हो।

ट्विटरमात्र होइन इन्टरनेटमा केही सीमित एप्लिकेसनले साम्राज्य जमाइरहेका छन्। ती एप्लिकेसनले यति धेरै केन्द्रीकरण गरेका छन् कि उनीहरूसँग संसारका अर्बौं मान्छे जोडिएका छन्। उनीहरूका डेटा पनि छन्। 

यसरी साम्राज्य खडा गरेका विभिन्न एप्लिकेसनका विकल्पमा जति पनि आए ती सफल देखिएका छैनन्। जस्तो टिकटकलाई टक्कर दिन इन्स्टाग्राम रिल आयो, रेडिटलाई टक्कर दिन आर्टिफ्याक्ट आयो इन्स्टाग्रामलाई टक्कर दिनका लागि लेमोन८ आयो। यी सबै एप्लिकेसनले विकल्प दिने उद्देश्य राखेका थिए। तर यी कुनैले पनि स्थापित साम्राज्य भत्काउन सकेका छैनन्। 


प्रकाशित : सोमबार, असार ११ २०८००८:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend