आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

उकालो लाग्दै अण्डाको मूल्य

images
सोमबार, असार ११ २०८०
images
images
उकालो लाग्दै अण्डाको मूल्य

विगतको तुलनामा उत्पादन घटेको छ। लागत मूल्य नपाए पछि धेरै कृषक विस्थापित भएका छन्। गर्मीका कारण पनि अण्डा उत्पादन घटेको छ।

images
images

चितवन- किसानले अण्डाको मूल्य पाउन थालेका छन्। कोभिडपछि खस्किएको बजार क्रमशः उकालो लाग्न थालेको छ। लागत मूल्यभन्दा निकै कममा बिक्री भइरहेको अण्डाको मूल्य बढ्न थालेको हो।

images
images
images

बजारमा माग बढ्दै गएपछि अहिले चितवनलाई आधार मानेर बजार मूल्य ठूलो अण्डा ३० गोटा (एक क्रेट) को चार सय रूपैयाँ, मिडियम अण्डा तीन सय ८० र एक्सट्रा लार्ज (अझ ठूलो) को चार सय १० रूपैयाँ कायम गरिएको छ।

images
images

अण्डाको मूल्य घट्दै गएर किसान विस्थापित हुन थालेपछि देशभरका ठूला व्यवसायी संगठित भएर नेपाल लेयर्स कुखुरापालक संघ गठन गरी बजारीकरणमा जुटेका छन्।

images
images
images

संघका अध्यक्ष विनोद पोख्रेलका अनुसार अहिलेको लागत मूल्य प्रतिक्रेट चार सय ३५ रूपैयाँ पर्न आउँछ। अण्डाको मूल्य घट्दै गएर दुई सय ४० रूपैयाँसम्म झरेको थियो। उनले भने, 'पाँच वर्षअघि दानाको मूल्य प्रतिकिलो ३० रूपैयाँ हुँदा अण्डा प्रतिक्रेट तीन सयमा बिक्री हुन्थ्यो। अहिले दाना प्रतिकिलो ६५ रूपैयाँ पर्दा अण्डाको मूल्य लागत मूल्यको तुलनामा बढ्न सकेको छैन।'

औषधिलगायत अन्यमा पनि मूल्य दोबर भएको उनको भनाइ छ। दुई वर्षअघि अण्डाको मूल्य प्रतिक्रेट चार सय पाँच रूपैयाँ पुगेर एकोहोरो ओरालो लागेको थियो। त्यतिबेला खुद्रा मूल्य प्रतिगोटा १६ रूपैयाँ रहेको थियो। अण्डा उत्पादन गर्ने कृषक एवं व्यवसायी संगठित भएर व्यवसाय बचाउन बजारी करणमा जुटेकै कारण मूल्य पाउन थालिएको उनको भनाइ छ।

विगतको तुलनामा उत्पादन घटेको छ। लागत मूल्य नपाए पछि धेरै कृषक विस्थापित भएका छन्। ऋण थप्न सक्ने कृषकमात्र टिकेका हुन्। यससँगै गर्मीका कारण पनि अण्डा उत्पादन घटेको छ। विगतको तुलनामा अण्डा २५ प्रतिशतभन्दा बढी उत्पादन घटेको छ। बढेको समयमा दैनिक ५० लाखसम्म अण्डा पुगेको अनुमान गरिएको थियो।

संघका सचिव मदन पोख्रेलले लागत मूल्य नपाएकै कारण धेरै किसान विस्थापित भएको बताए। अण्डाको महत्व बुझाउन सकेमा अण्डाको माग दोबर हुने उनी बताउँछन्। बजारमा अहिले पाइने खाद्यान्नमा पोषणको हिसाबले सबैभन्दा सस्तो अण्डा भएको पोख्रेल बताउँछन्।

सरकारले ध्यान नदिए आत्मनिर्भर पोल्ट्री व्यवसाय धरासायी हुने व्यवसायी बताउँछन्। निजी क्षेत्रको अण्डा उत्पादनका लागि मात्र पोल्ट्री व्यवसायमा एक खर्ब रूपैयाँभन्दा बढी लगानी रहेको छ। यसको आधाभन्दा बढी बैंकको ऋण रहेको छ। अण्डा उत्पादक कृषक र व्यवसायीले काठमाडौंमा आउटलेटसमेत खोलेर बजारीकरण गरिरहेका छन्।

संघका अध्यक्ष पोख्रेलले विगत छ महिनामा देशका अधिकांश जिल्ला पुगेर अण्डाको महत्व र बजारीकरणमा लागेकै कारण मूल्यमा सुधार भएको बताए। किसानको लागतअनुसारको मूल्य पाउन अझै नसकिएको उनी बताउँछन्। रासस


प्रकाशित : सोमबार, असार ११ २०८००५:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend