बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

खेल पत्रकार नवीन अर्यालको ‘नेपाली खेलकुदको वृतान्त’ असार अन्तिममा सार्वजनिक हुने

आइतबार, असार १० २०८०
खेल पत्रकार नवीन अर्यालको ‘नेपाली खेलकुदको वृतान्त’ असार अन्तिममा सार्वजनिक हुने

काठमाडौं- नेपाली खेलकुद्को समग्र इतिहास खोतल्ने खोजमुलक पुस्तक ‘नेपाली खेलकुदको वृत्तान्त’ असारको अन्तिममा सार्वजिक हुने भएको छ। खेल पत्रकार नवीन अर्यालकृत सो पुस्तक शरदचन्द्र शाह मेमोरियल फाउन्डेसनसँगको सहकार्यमा यही असार चौथो साता काठमाडौंमा सार्वजनिक गर्न लागिएको हो।

पुस्तक क्रियटिभ बुक्सले प्रकाशन गर्न लागेको हो । लामो समय खेलकुद् पत्रकारितामा संलग्न अर्यालको यो पहिलो पुस्तक हो। पुस्तकमा नेपालको पहिलो अन्तर्राष्ट्रिय सहभागितादेखि अहिलेसम्मको खेलकुद् वृत्तान्त समेटिएको छ। नेपाली खेल क्षेत्रले पदक जित्नका लागि गरेको संघर्षको कथा र खेल-यात्राको वर्णन गरिएको छ।

साथै, सिमित साधनस्रोतकाबीच नेपालको घरेलु खेलकुद्लाई संस्थागत र संरचनागत रुपमा बलियो बनाउन तत्कालीन नेतृत्वले खेलेको भुमिका र योगदानलाई पनि लिपीवद्ध गरिएको छ। ऐतिहासिक तस्वीरहरु, चिठीपत्र र अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित समाचारले पुस्तकलाई तथ्यगत र विश्वसनीय बनाउनेछ।

नेपाली खेलकुदबारे अध्ययन गर्न चाहनेका लागि पनि यो पुस्तक महत्वपुर्ण दस्तावेजका रुपमा रहने विश्वास गरिएको छ। नेपालको खेल इतिहासका सम्बन्धमा लेखिएका पुस्तकको उपस्थिति करिब शुन्य रहेका बेला यो पुस्तक खेलप्रेमी पाठक, खेलाडी, अध्येता, प्रशिक्षक र पदाधिकारीलाई इतिहास जान्न महत्वपुर्ण सामग्री बन्ने अपेक्षा प्रकाशक क्रियटिभ बुक्सले गरेको छ।

भारोत्तोलनका कीर्तिमानी खेलाडी सुरेन्द्र हमालको आत्मकथा ओलम्पियनबाट यात्रा आरम्भ गरेको क्रियटिभ बुक्सले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान एलबी क्षेत्रीको पुस्तक कप्तान १९९८ प्रकाशन गरिसकेको छ। साथै, निकट भविष्यमै खेलकुदसम्बन्धी करिब आधा दर्जन पुस्तक प्रकाशनको तयारीमा रहेको क्रियटिभ बुक्सका अध्यक्ष टीएस ठकुरीले जानकारी दिएका छन्।


प्रकाशित : आइतबार, असार १० २०८०१४:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend