आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

एनएमबि बैंकद्वारा नेपालमा वी च्याट पे सार्वजनिक, चिनियाँ पर्यटकले अब नेपालमा सजिलै भुक्तानी गर्न सक्ने

images
आइतबार, असार १० २०८०
images
images
एनएमबि बैंकद्वारा नेपालमा वी च्याट पे सार्वजनिक, चिनियाँ पर्यटकले अब नेपालमा सजिलै भुक्तानी गर्न सक्ने
images
images

काठमाडौं- एनएमबि बैंकसगँको साझेदारीमार्फत छिमेकी राष्ट्र चीनको सर्वाधिक लोकप्रिय डिजिटल वालेट 'वी च्याट पे' आधिकारिक रुपमा पहिलो पटक नेपाली बजारमा प्रवेश गरेको छ।

images
images
images

वी च्याट पे सेवाको औपचारिक घोषणा नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, पोखरा महानगरपालिका मेयर धनराज आचार्य, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मी, एनएमबि बैंकका संचालक योगेन्द्र लाल प्रधान, एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी लगायत नेपाली र चीनिया अधिकारीहरुको उपस्थितिमा लेकसाईड पोखरामा एक समारोहबीच सम्पन्न भएको बैंकले जनाएको छ।

images
images

उक्त उद्घाटन समारोहका प्रमुख अतिथि नेपालका लागि चीनका राजदुत चेन सोङले वी च्याट पे क्यूआर कोडमार्फत स्थानीय व्यवसायीलाई कारोबार गर्न सहजता पुग्ने ध्भऋजबत एबथ को सुविधा र नेपाल चीन फ्रेन्डशीपको विषयमा प्रकाश पारे।

images
images
images

साथै उनले नेपाल घुम्न आएका चिनियाँ पर्यटकले गर्ने खर्च अब वी च्याटमार्फत गर्न सक्ने र यसबाट चिनियाँ पर्यटकले खर्च गरेको रकम आधिकारिक रुपमा बैंकिङ प्रणालीमार्फत सम्बन्धित सेवा प्रदायक विक्रेताले प्राप्त गर्ने र यसले डिजिटल बैंकिङ कारोबारलाई समेत प्रोत्साहन हुने विश्वास व्यक्त गरे।

यो साझेदारीले वी च्याट पेमार्फत कारोबार गर्ने चिनियाँ पर्यटक, व्यवसायी र आगन्तुकहरुको लागि नयाँ अवसर प्रदान गरेको छ। अब आगन्तुकहरूले आफ्नो वी च्याट पे डिजिटल वालेट प्रयोग गरी सटही सुविधा नलिई उक्त सिस्टम प्रयोग गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्राप्त एनएमबि बैंकमार्फत नेपालमा सिधै आधिकारीक कारोबार गर्न सक्नेछन्।


प्रकाशित : आइतबार, असार १० २०८०१२:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend