आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

जलस्रोत तथा सिँचाई विभागका सीडीई शर्माले गैरकानूनी सम्पत्ति आर्जन गरेको ठहर

images
आइतबार, असार १० २०८०
images
images
जलस्रोत तथा सिँचाई विभागका सीडीई शर्माले गैरकानूनी सम्पत्ति आर्जन गरेको ठहर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७७ असोज उनीविरुद्ध गैकानूनी सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो।

images
images

काठमाडौं- जलस्रोत तथा सिँचाइ विभागका सीडीई सुरेश कुमार शर्मा र उनकी श्रीमती बबिता फुयाँल शर्माले गैकानूनी सम्पत्ति आर्जन गरेको ठहर भएको छ। विशेष अदालतका न्यायाधीश श्रीकान्त पौडेल, शालिग्राम कोइराला र खुशी प्रसाद थारुको संयुक्त इजालसले उनीहरुले गैरकानूनी सम्पत्ति आर्जन गरेको ठहर गर्दै फैसला सुनाएको हो। 

images
images
images

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७७ असोज १५ गते उनीहरुविरुद्ध गैकानूनी सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दर्ता गराएको थियो। अख्तियारले शर्मा उपर बिगो ३ करोड ६ लाख ५४ हजार ९ सय ३२ रूपैयाँ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरेकोसम्बन्धी आरोप-पत्र दायर विशेष अदालतमा दर्ता गरेको थियो।

images
images

अख्तियारले शर्माले विभिन्न कार्यालय तथा आयोजनाहरुमा कार्यरत रहँदा अत्यधिक भ्रष्टाचार तथा अनियमितता गरेको हुँदा अनुसन्धान गरी कारबाही हुनुपर्ने भन्नेसमेतको उजुरीका सम्बन्धमा अनुसन्धान गरी गैरसम्पत्ति आर्जनमा मुद्दा दायर गरेको हो।

images
images
images

शर्माले सार्वजनिक सेवाको पदमा प्रवेश गरेदेखि २०७६/०७७ सम्मको जाँच अवधिमा सिर्जित सम्पत्ति एवं खर्च तथा लगानीहरुमा गरिएको कुल खर्च र सोही अवधिको आयव्ययको प्रवाह विवरणअनुसार जाँच अवधिमा स्रोत खुल्न आएको निजको आर्जित वैधआय २ करोड ३५ लाख ३१ हजार ६ सय ७४ रूपैयाँको अनुपातमा सोही अवधिमा निजले सिर्जना गरेका सम्पत्ति एवं खर्च तथा लगानीहरुमा ५ करोड ४१ लाख ८६ हजार ६ सय ६ रूपैयाँ खर्च गरेको देखिएको अख्तियारले जनाएको थियो।

आयभन्दा बढी गरेको खर्च लगानी ३ करोड ६ लाख ५४ हजार ९ सय ३२ रूपैयाँ बराबरको भागलाई निजको वैध आयस्रोतले खामेको नपाएको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो।

शर्माले गैकानूनी रुपमा आर्जन गरेको सम्पत्तिले आफ्नो र श्रीमतीको नाममा जग्गा खरिद, घर निर्माण, विभिन्न बैंक तथा वित्तीय संस्थाहरु तथा कम्पनीहरुका संस्थापक एवं साधारण सेयरहरु खरिद लगानी गरी खर्च गरेको देखिएको अख्तियारको आरोप पत्रमा उल्लेख थियो।


प्रकाशित : आइतबार, असार १० २०८०११:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend