आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

दैलेखका ७३ हजार पशुमा लम्पी स्किन संक्रमण, ४३५ पशु मरे

images
आइतबार, असार १० २०८०
images
images
दैलेखका ७३ हजार पशुमा लम्पी स्किन संक्रमण, ४३५ पशु मरे

बर्खाको समयमा गोरु मर्न थालेपछि खेती लगाउन किसानलाई समस्या हुने भएको छ।

images
images

दैलेख- यहाँका करिब ७३ हजार पशुमा ‘लम्पी स्किन’ रोगको संक्रमण देखिएको छ। पशुमा महामारीका रूपमा ‘लम्पी स्किन’ रोग देखिन थालेपछि किसानमा चिन्ता छाएको छ। सो रोगका कारण हालसम्म दैलेखमा मात्र करिब चार सय ३५ पशु मरेका छन्।

images
images
images

विशेषगरी गोरुमा यो रोग देखिने गरेको पशु अस्पताल तथा पशु सेवा कार्यालयका निमित्त कार्यालय प्रमुख भीमबहादुर विष्टले हालसम्म दैलेखका ११ स्थानीय तहका ९० वडामा करिब ७३ हजार पशुमा लम्पी स्किन देखा परेको बताए। 

images
images

पशुमा उक्त रोग महामारीका रूपमा फैलन थालेपछि सम्बन्धित निकायले चासो दिएका छन्। बर्खाको समयमा गोरु मर्न थालेपछि खेती लगाउन किसानलाई समस्या हुने भएको छ। निमित्त कार्यालय प्रमुख विष्टले सो रोग नियन्त्रणका लागि काम भइरहेको बताए। 'पशुमा लम्पी स्किन फैलिएपछि कार्यालयले औषधि खरिद गरी स्थानीय तहमा पठाएको छ, सचेतनाका कार्यक्रम सञ्चालन गरेका छौँ, स्थानीय तह टोलटोलमा पशु प्राविधिक खटाएर रोग नियन्त्रणतर्फ लागेका छन्', विष्टले भने।

images
images
images

उक्त रोग लागेमा पशुलाई ज्वरो आउने, झोक्राउने, खाना नखाने, दूध घटेर जाने, खटिरा आउने र अन्त्यमा मृत्यु हुने गरेको र किर्ना, भुसाना, झिँगा, लामखुट्टे आदिका माध्यमबाट एउटा पशुबाट अर्कोमा सर्ने हुँदा फैलने क्रम बढ्दो छ।

'रोगविरुद्धको खोप नहुँदा र प्रभावकारी उपचार नहुँदा थप समस्या भएको हो, हालसम्म प्राप्त जानकारीअनुसार जिल्लामा करिब चार सय ३५ पशु मरेका छन्, रोग नियन्त्रण हुनेक्रम जारी छ, उनले भने, 'संक्रमण देखिएका पशुलाई अलग्गै राख्ने, सरसफाइ गर्ने र किर्ना, लामखुट्टे र भुसुना नियन्त्रणको उपाय खोज्नुपर्छ।' रासस


प्रकाशित : आइतबार, असार १० २०८००८:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend