आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

मनसुनको समयमा पनि तातो हावाको लहर फैलिन सक्ने, सचेत रहन आग्रह

images
आइतबार, असार १० २०८०
images
images
मनसुनको समयमा पनि तातो हावाको लहर फैलिन सक्ने, सचेत रहन आग्रह

यस वर्ष मनसुन प्रक्षेपणमा पानी सरदरभन्दा कम पर्ने तथा न्यूनतम तापक्रम औषतभन्दा बढी हुने अनुमान गरिएको छ। यसले गर्दा मनसुनको अवधिभित्र पनि छोटो समयमा खडेरी पर्ने तथा तराई, भित्री मधेस, उपत्यका एवं खोचमा तातो हावाको लहरको जोखिम बढ्न सक्ने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताए।

images
images

काठमाडौं- यसपटकको मनसुनको समयमा पनि तातो हावाको लहर फैलिन सक्नेतर्फ सचेत हुन राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ। 

images
images
images

प्रि-मनसुनका समयमा फैलिएको तातो हावाको लहरका कारण मानिसको जनजीवन प्रभावित भएको र खेतीबालीमा नराम्ररी असर परेका अवस्थामा मनसुनका समयमा समेत छोटो समयमा देखिन सक्ने भन्दै त्यसतर्फ प्राधिकरणले ध्यानाकर्षण गराएको छ। यस वर्ष मनसुन प्रक्षेपणमा पानी सरदरभन्दा कम पर्ने तथा न्यूनतम तापक्रम औसतभन्दा बढी हुने अनुमान गरिएको छ।

images
images

यसले गर्दा मनसुनको अवधिभित्र पनि छोटो समयमा खडेरी पर्ने तथा तराई, भित्री मधेस, उपत्यका एवं खोचमा तातो हावाको लहरको जोखिम बढ्न सक्ने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताए। यसले गर्दा कृषि बालीको उत्पादन कमी हुने जोखिम देखिएको उनले बताए।

images
images
images

यस्तै मनसुनका समयमा पानीजन्य र जीवाणुबाट संक्रमण हुने रोगका कारण धेरैको ज्यान जाने गरेकाले यो समयमा पनि दोहोरिन सक्नेतर्फ पनि सचेत हुन अनुरोध गरिएको छ। विगतमा झाडापखाला, हैजा, कमलपित्त, श्वासप्रश्वाससम्बन्धी रोग, कालाजार, डेंगु, इन्फ्लुएञ्जा, फ्लुलगायतका रोग देखिएका थिए।

मनसुनका सममया हैजा, कालाजार, झाडापखाला तथा सर्पदंशका कारण बर्सेनि करिब पाँच सयको ज्यान जाने गरेको छ। दूषित पानीको प्रयोगले रोग फैलनसक्ने जनाइएको छ। सय वर्ष पनि विभिन्न पानीजन्य रोग देखिन सक्नेतर्फ ध्यानाकर्षण गराइएको छ।

बाढी, पहिरो, डुबानजस्ता प्रमुख विपद्का घटनासँगै मनसुनका समयमा फैलनसक्ने डेंगु, मलेरिया, कालाजार, झाडापखाला, सर्पदंश जस्ता रोग एवं प्रकोपबाट जोगिन तयारी गर्नुपर्ने प्राधिकरणले जनाएको छ। मनसुनको सुरुवातमै नेपालको पूर्वी क्षेत्रका जिल्लामा विपद्जन्य घटनाले ठूलो जनधनको क्षति गरेको छ।


प्रकाशित : आइतबार, असार १० २०८००८:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend