आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

सिमकोटको नीति तथा कार्यक्रम : अर्गानिक उत्पादनदेखि नगर प्रहरीसम्म

images
आइतबार, असार १० २०८०
images
images
सिमकोटको नीति तथा कार्यक्रम : अर्गानिक उत्पादनदेखि नगर प्रहरीसम्म

सिमकोटले ‘समृिद्धको मूल आधार, सुरक्षित गाउँ  सडक विस्तार', ‘सुरक्षित आवास र व्यवस्थित निवास’, ‘एक गाउँ एक विशेष उत्पादन’, शिक्षालाई सीपसँग, सिपलाई श्रमसँग, जस्ता नारासहितको नीति तथा कार्यक्रम ल्याएको छ।

images
images

सिमकोट- हुम्लाको सिमकोट गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले शनिबार आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

images
images
images

सिमकोट गाउँपालिकाको सातौँं गाउँसभाको आयोजना गरिएको नीतिमा १६ क्षेत्रलाई प्राथमिकता दिएर नीति प्रस्तुत गरिएको छ। शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै सिमकोटको नीति तथा कार्यक्रममा आगामी वर्षदेखि भवन मापदण्ड लागु गर्ने नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

images
images

चालु आर्थिक वर्षका सुत्केरीका लागि पोषण थैली, रैथाने बाली (चिनो, कागुनो, सिमिदेखि) को बजार व्यवस्थापन जस्ता कार्यमा नयाँ कार्यक्रम लागू गरेको सिमकोटले पालिकाको सरसफाइमा परिचलान गर्न नगर प्रहरी गठन गर्ने, सिमकोट भएर कैलाश मानसरोवर तीर्थ जाने तीर्थालुलाई एक दिन सिमकोटमै बस्ने वातावरण तयार पार्ने नीति सिमकोटले लिने भएको छ। 

images
images
images

‘उच्च हिमाली, विविधतायुक्त, व्यापारिक र पर्यटकीय सहर : समृद्ध हाम्रो सिमकोट नगर' बनाउने दीर्घकालीन सोच, नेपाल सरकारको पन्ध्रौँ योजना, दिगो विकासका लक्ष्य, संघ र प्रदेश सरकारको बजेट तथा प्राथमिकता र गाउँबासीका आधारभूत आवश्यकता पूरा गर्ने अभियानप्रति पूर्ण प्रतिबद्ध सिमकोटले नीति तथा कार्यक्रम प्राथमिकताका आधारमा तय गरेको गाउँपालिकाका अध्यक्ष भण्डारीले बताए।

‘समृिद्धको मूल आधार, सुरक्षित गाउँ  सडक विस्तार', ‘सुरक्षित आवास र व्यवस्थित निवास’, ‘एक गाउँ एक विशेष उत्पादन’, शिक्षालाई सीपसँग, सिपलाई श्रमसँग, जस्ता नारासहितको नीति तथा कार्यक्रम ल्याएको सिमकोटले विद्यालयका प्रधानाध्यापकलाई खुला प्रतिस्पर्धाबाट ल्याउने नीति अघि सारेको छ।

पालिकामा सञ्चालित सञ्चार माध्यमलाई सूचीकरण गरेर व्यवस्थित गर्ने नीति अघि सारेको सिमकोटले आगामी वर्ष साक्षर गाउँपालिका घोषणा कार्यक्रम जस्ता नीतिलाई अघि सारेको छ। रासस


प्रकाशित : आइतबार, असार १० २०८००८:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend