आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

images
आइतबार, असार १० २०८०
images
images
पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

लोकमार्गको बागलुङ-बुर्तिबाङ खण्डअन्तर्गत ढोरपाटन नगरपालिका-२ खप्तरिबाङमा माथिदेखि झरेको पहिरोले सडक अवरुद्ध भएको हो।

images
images

ढोरपाटन- शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। लोकमार्गको बागलुङ-बुर्तिबाङ खण्डअन्तर्गत ढोरपाटन नगरपालिका-२ खप्तरिबाङमा माथिदेखि झरेको पहिरोले सडक अवरुद्ध भएको हो।

images
images
images

शनिबार राति गएको पहिरोका कारण बुर्तिबाङबाट पोखरा, काठमाडौं, बुटवललगायतका ठाउँमा जाने र ग्रामीण क्षेत्रबाट बुर्तिबाङ आउने यातायातका साधन ठप्प भएका छन्। सडक खुलाउनका लागि जेसिबी पठाएको ढोरपाटन नगरपालिकाका उपप्रमुख कल्याण कायतले जानकारी दिए।

images
images

बुर्तिबाङ बजार नजिकै सडक अवरुद्ध हुँदा पदैलयात्रुले वैकल्पिक सडक प्रयोग गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ। यस ठाउँ वर्षात्का समयमा सधैँ पहिरो जाने हुँदा स्थायी विकल्प खोज्नुपर्ने कायतले बताए।

images
images
images

'हिजो साँझदेखि ठूलो पानी परेको थियो, राति पहिरो गएछ, हामीले बिहानमात्रै सडक अवरुद्ध भएको थाहा पायौँ, खबर पाउनासाथ सडक खुलाउन नगरपालिकाको जेसिबी पठाएका छौँ, केही समयमा सडक खुल्छ', उपप्रमुख कायतले भने।


प्रकाशित : आइतबार, असार १० २०८००४:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend