आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

वीरगञ्ज भन्सारको कारोबार घट्यो

images
शनिबार, असार ९ २०८०
images
images
वीरगञ्ज भन्सारको कारोबार घट्यो

चालु आवको साउनदेखि जेठसम्मका लागि भन्सार विभागले दुई खर्ब ३७ अर्ब ५८ करोड राजस्व संकलनको लक्ष्य दिएको तुलनामा कार्यालयले लक्ष्यभन्दा ४० प्रतिशत कम अर्थात् एक खर्ब ४२ अर्ब ३० करोड रूपैयाँ मात्र संकलन गरेको छ।

images
images

पर्सा- वीरगञ्ज भन्सार कार्यालयमा पछिलो समय प्रज्ञापनपत्रको प्रयोग घट्दै गएको छ। गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा प्रज्ञापनपत्रको प्रयोग २४ प्रतिशतले कम भएको हो।

images
images
images

आव २०७९/८० को साउनदेखि जेठसम्ममा वीरगञ्ज भन्सार कार्यालयले एक लाख ८१ हजार चार सय ६१ प्रज्ञापनपत्र प्रयोग गरेको तुलनामा चालु आवको सोही अवधिमा एक लाख ३८ हजार एक सय ७२ प्रज्ञापन प्रयोग भएको छ। यो समीक्षा अघिल्लो वर्षको तुलनामा ४३ हजार दुई सय ७९ कम हो।

images
images

गत आवको तुलनामा चालु आवको ११ महिनामा रातो च्यानलबाट २३, पहेँलो च्यानलबाट २० र हरियो च्यानलबाट ३४ प्रतिशत प्रज्ञापनपत्र कम प्रयोग भएको भन्सार कार्यालयका सूचना अधिकारी रामचन्द्र शर्मा ढकालले जानकारी दिए। उनले वीरगञ्ज नाका प्रयोग गरी हुने आयात निर्यातमा कमी भएका कारण प्रज्ञापनपत्रको उपयोग घटेको र यसको नकारात्मक प्रभाव भन्सारको राजस्व संकलनमा समेत परेको बताए।

images
images
images

चालु आवको साउनदेखि जेठसम्मका लागि भन्सार विभागले दुई खर्ब ३७ अर्ब ५८ करोड राजस्व संकलनको लक्ष्य दिएको तुलनामा कार्यालयले लक्ष्यभन्दा ४० प्रतिशत कम अर्थात् एक खर्ब ४२ अर्ब ३० करोड रूपैयाँ मात्र संकलन गरेको उनले जानकारी दिए। 

उनले सबैभन्दा बढी राजस्व दिने इन्धनको आयातमा २५ र वाहन आयातमा ७० प्रतिशतभन्दा बढी कमी देखिएका कारण राजस्व संकलनको लक्ष्य हासिल हुन नसकेको बताए। रासस


प्रकाशित : शनिबार, असार ९ २०८००८:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend