आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

सामाजिक सुरक्षा कोषद्वारा झन्डै ५ अर्ब दाबी भुक्तानी

images
शनिबार, असार ९ २०८०
images
images
सामाजिक सुरक्षा कोषद्वारा  झन्डै ५ अर्ब दाबी भुक्तानी

कोषमा १७ हजार नौ सय ६४ रोजगारदाता र पाँच लाख ९२ हजार नौ सय २४ श्रमिक सूचीकृत भएका छन्।

images
images

काठमाडौं- सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाबापत योगदानकर्तालाई झन्डै पाँच अर्ब रूपैयाँ दाबी भुक्तानी गरेको छ। कोषले हालसम्म विभिन्न सुरक्षा योजनाबाट योगदानकर्तालाई चार अर्ब ७९ करोड रूपैयाँ भुक्तानी गरेको हो।

images
images
images

कोषले औषधोपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार र वृद्धावस्था सुरक्षा योजना सञ्चालन गर्दै आएको छ। हालसम्म कोषबाट ८४ हजार छ सय ७३ योगदानकर्ताले विभिन्न योजनाबापत सुविधा लिएका छन्।

images
images

औषधोपचार, स्वास्थ्य तथा मातृत्व योजनाबापत ५५ करोड ४४ लाख ४७ हजार चार सय आठ रूपैयाँ, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत छ करोड ७४ लाख ९२ हजार दुई सय ६२ रूपैयाँ, आश्रित परिवार सुरक्षा योजनाबापत सात करोड ९६ लाख ७६ हजार दुई सय २६ रूपैयाँ र वृद्धावस्था सुरक्षा योजनाबाट चार अर्ब नौ करोड ५८ लाख ३३ हजार तीन सय रूपैयाँ ९९ भुक्तानी गरिएको कोषले जनाएको छ । 

images
images
images

कोषमा हालसम्म ३५ अर्ब १० करोड रूपैयाँ योगदान रकम संकलन भइसकेको छ। कोषमा औपचारिक क्षेत्र र वैदेशिक क्षेत्रका श्रमिक आबद्ध हुँदै आएका छन्। अनौपचारिक र स्वरोजगार श्रमिकलाई पनि सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने क्रम अन्तिम चरणमा रहेको जनाइएको छ।

कोषमा १७ हजार नौ सय ६४ रोजगारदाता र पाँच लाख ९२ हजार नौ सय २४ श्रमिक सूचीकृत भएका छन्। सरकारले २०७५ मङ्सिर ११ गते सामाजिक सुरक्षा योजनाको घोषणा गरेको थियो। रासस 


प्रकाशित : शनिबार, असार ९ २०८००८:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend