आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

चौतारी, पोखरी र वर पीपल संरक्षण गर्दै जैमिनी

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार ८ २०८०
images
images
चौतारी, पोखरी र वर पीपल संरक्षण गर्दै जैमिनी

जैमिनी नगरपालिकाभित्र रहेका ऐतिहासिक, सामाजिक, सांस्कृतिक महत्व झल्कने ‘जैमिनी सांस्कृतिक गान’को निर्माण गरी प्रचारप्रसार गरिने नगरपालिकाले जनाएको छ। 

images
images

बागलुङ- बागलुङ जिल्लाको जैमिनी नगरपालिकाले पौराणिक पोखरी र वर, पीपल संरक्षण अभियान थाल्ने भएको छ। पानीका मुहान तथा वातावरणका लागि चौतारी, पोखरी र वर, पीपलको महत्वपूर्ण भूमिका हुने जनाउँदै नगरले अभियान थाल्ने भएको हो।

images
images
images

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख नरबहादुर पुनले नगर क्षेत्रभित्र रहेका पौराणिक पोखरी संरक्षण, वर, पीपल चौतारी संरक्षण, वर, पीपल रोप्ने कार्यलाई प्रश्रय दिने र विश्रामस्थल निर्माण गर्न अभिप्रेरित गर्ने नीति अवलम्बन गरिने बताए।

images
images

'सबै वडा, टोल र बस्ती सफा र सुन्दर बनाउने अभियानमा जुट्न नगरवासीलाई प्रोत्साहन गरिनेछ। यस कार्यलाई प्रतिस्पर्धी बनाई पुरस्कृत गर्ने नीति अवलम्वन गरिनेछ। वन क्षेत्रबाट हुने अवैध चोरी निकासीलाई बन्देज गरिनेछ', नीति तथा कार्यक्रममा भनिएको छ।

images
images
images

सडक निर्माण, भवन निर्माणलगायतका सार्वजनिक संरचना निर्माण गर्दा पौराणिक चौतारी, पोखरी र वर, पीपलका रुख अतिक्रमण हुने गरेका थिए। भएकालाई जोगाउने र नभएको ठाउँमा बनाउनका लागि प्रोत्साहन गर्ने नीति जैमिनीले बनाएको हो।

नगरले ऐतिहासिक स्थल र प्राचीन सम्पदाको संरक्षण र सम्वद्र्धन थाल्ने भएको छ। धार्मिक तथा ऐतिहासिक महत्वका देवालय, ऐतिहासिक स्थल र प्राचीन सम्पदाको मर्मतसम्हार गरेर संरक्षण र सम्बर्धनमा विशेष ध्यान दिइने नीति तथा कार्यक्रममा उल्लेख छ।   

'प्रसिद्ध जैमिनी धाम, थन्थापीमाई मन्दिर, गाजाको दह क्षेत्र, हाडिकोट क्षेत्र, पुरानो गाउँ क्षेत्र, हात्तिढुङ्गा, पुतली गरा छिस्ती, कमल जैसी मन्दिर, शिवपुरी, राधाकृष्ण मन्दिर, शालिग्राम संरक्षित क्षेत्र गाईथुने, देवी मन्दिर चोखेक, सती मन्दिर जैदी, रिठे डाँडा, कोट, मर्नास टाँपु, नागढुङ्गा र जनै मन्तर्नी पोखरीजस्ता आस्थाका प्रसिद्ध धरोहर एवं कालापातल राङखानीलगायतका खानी निर्मित सुरुङ जस्ता ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण र सम्वद्र्धनमा विशेष ध्यान दिइनेछ', नीति तथा कार्यक्रममा उल्लेख छ।   

ऐतिहासिक धरोधरको संरक्षण र प्रचारप्रसारले नगरको पर्यटन क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने नगर उपप्रमुख हरिहर शर्माले बताए। जैमिनी नगरपालिकाभित्र रहेका ऐतिहासिक, सामाजिक, सांस्कृतिक महत्व झल्कने ‘जैमिनी सांस्कृतिक गान’को निर्माण गरी प्रचारप्रसार गरिने नगरपालिकाले जनाएको छ।

नगरक्षेत्रमा स्थापित एवं प्रदेशस्तरमा समेत पहिचान बनाउन सफल भजन समूह एवं रत्यौली, लोकदोहोरी, सालैजो, सोरठी, मारुनी र घाटु तथा जैमिनी मेला, माघेसङ्क्रान्ती मेला, गाजादह मेला, वैठकुण्ठ चर्तुदर्शी मेला, ठूली एकादशी मेला, हाडिकोट मेला र पुरानो गाउँ मेलालगायतका धार्मिक, सामाजिक तथा सांस्कृतिक मेला पर्व तथा महोत्सवलाई थप व्यवस्थित एवं प्रोत्साहन गर्ने नीति अङ्गीकार गर्ने नीतिमा उल्लेख छ। रासस


प्रकाशित : शुक्रबार, असार ८ २०८०११:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend