बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

समाजसेवी सौरभ रिमाल राष्ट्रिय युवा प्रतिभा पुरसकारबाट सम्मानित 

शुक्रबार, असार ८ २०८०
समाजसेवी सौरभ रिमाल राष्ट्रिय युवा प्रतिभा पुरसकारबाट सम्मानित 

गरिब तथा विपन्न समुदायलाई सहयोग गर्दै आएका रिमाललाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले उक्त पुरसकारबाट सम्मान गरेका हुन्।

काठमाडौं- युवा समाजसेवी सौरभ रिमाल राष्ट्रिय युवा प्रतिभा पुरसकारबाट पुरस्कृत भएका छन्। बिहीबार युवा तथा खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच समाजसेवी रिमाललाई राष्ट्रिय युवा प्रतिभा पुरसकारबाट सम्मानित गरिएको हो।

गरिब तथा विपन्न समुदायलाई सहयोग गर्दै आएका रिमाललाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले उक्त पुरसकारबाट सम्मान गरेका हुन्।

विगत दश वर्षदेखि समाज सेवामा खटिइएका रिमालले कोरोना कहरमा समेत सडकका पशुपंक्षीलाई खाना खुवाउने काम गरेका थिए। रिमालले सिन्धुपाल्चोकको मेलम्चीका बाढीपीडितका लागि खाद्य सामग्री उपलब्ध गराउनुका साथै स्वास्थ्य शिविर संञ्चालन गर्नसमेत महत्वपुर्ण भुमिका खेलेका थिए।

कर्मयोग फाउण्डेसन नामक संस्थाका अध्यक्षसमेत रहेका रिमालले दुर्गम क्षेत्रका विपन्न दलित तथा चेपाङ समुदायका विद्यार्थीलाई पाठयसामाग्री उपलब्ध गराउँदै आएका छन्। 

साथै रिमालले विद्यालयमा पुस्ताकालय स्थापना गर्नुको साथै चार सयभन्दा बढी विद्यार्थीलाई वार्षिक निशुल्क अध्यनको व्यवस्थासमेत मिलाइसकेका छन्। रिमालले पछिल्लो समय दुर्गम क्षेत्रका बालबालिका अध्ययन गर्ने विद्यालयमा पाठय सामग्री उपलब्ध गराउने अभियान चलाउँदै आएका छन्। 

आगामी दिनमा देशको दुरदराजमा पुगेर समाजसेवी रिमालले शिक्षाको पहुँचबाट विस्थापित हुनपरेका बालबालिकालाई अध्यारोबाट उज्यालोमा परिणत गर्ने संकल्पसमेत गरेका छन्। 


प्रकाशित : शुक्रबार, असार ८ २०८००७:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend