आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

११ महिनामा २२ गैँडा र तीन बाघसहित १०९ वन्यजन्तु मरे

images
बिहीबार , असार ७ २०८०
images
images
११ महिनामा २२ गैँडा र तीन बाघसहित १०९ वन्यजन्तु मरे

११ महिनामा एक सय १७ वन्यजन्तुको उद्धार गरिएको छ।

images
images

भरतपुर- आर्थिक वर्ष २०७९/८० को ११ महिनामा चितवन राष्ट्रिय निकुञ्जमा २२ वटा एकसिंगे गैँडा र तीनवटा बाघसहित एक सय नौ वन्यजन्तुको मृत्यु भएको छ। निकुञ्जको विवरणअनुसार यो अवधिमा प्राकृतिक कारणले (उमेर पुगेर, बिरामी भएर, बाघको आक्रमणबाट) ७१ वन्यजन्तु मरेका हुन्। 

images
images
images

कुकुरको आक्रमणबाट २६, विद्युतीय करेन्ट लागेर दुई, जुधेर एक, दुर्घटनाका कारण एक, चोरी सिकारीका कारण एक, बाढीले बगाएर एक र दलदलमा परेर एक वन्यजन्तुको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।

images
images

यस्तै मृत्युको कारण नखुलेको दुई र अन्य कारणले तीन वन्यजन्तुको मृत्यु भएको उनले बताए। मृत्यु भएका गैँडा १३ वटा नवलपरासी र नौवटा चितवन जिल्ला क्षेत्रमा भेटिएका थिए। मृत्यु भएका सबै बाघ प्राकृतिक कारणले मरेको तिवारीले बताए।

images
images
images

यस अवधिमा दुई हात्तीको मृत्यु भएको छ। मृत्यु भएका दुई हात्तीमध्ये एउटा सरकारी घरपालुवा र एउटा निजी हात्ती छन्। सबैभन्दा धेरै ५१ वटा चित्तलको मृत्यु भएको छ। कुकुरको आक्रमणबाट मात्रै २५ चित्तलको मृत्यु भएको तिवारीले जानकारी दिए।

यस्तै अर्ना तीन, चितुवा एक, गौरीगाई तीन, जरायो सात, बँदेल तीन, कछुवा दुई, लगुना एक, धनेश एक, घडियाल गोही आठ, मगर गोही एक, रतुवा एक र एउटा दुम्सीको मृत्यु भएको छ।

कार्यालयले यो अविधमा एक सय १७ वन्यजन्तुको उद्धार गरेको जनाएको छ। रासस


प्रकाशित : बिहीबार , असार ७ २०८०१३:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend