बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नबिलको एनबैंक वेब : अब दैनिक २० लाख रूपैयाँसम्म पठाउन सकिने

बिहीबार , असार ७ २०८०
नबिलको एनबैंक वेब : अब दैनिक २० लाख रूपैयाँसम्म पठाउन सकिने

काठमाडौं- नबिले बैंकले डिजिटल बैंकिङ सेवा 'एनबैंक वेब' सुरु गरेको छ। 

एनबैंक वेबमार्फत् ग्राहकहरुले दैनिक २० लाख रूपैयाँ र प्रतिमहिना ५० लाख रूपैयाँसम्म पठाउन सक्ने बैंकले जनाएको छ। बैंकको कुनै पनि शाखामा नगइकन आफ्नो ल्यापटप, डेस्कटप वा ट्याबलेटबाट रकम ट्रान्सफर गर्न सकिने छ।

एनबैंक वेबको शुभारम्भ कार्यक्रम भर्चुअल रूपमा नबिल बैंक र एनबैंकको आधिकारिक फेसबुक पेजमार्फत गरिएको बैंकले जनाएको छ। यो वेबमार्फत् ग्राहकले खाता खोल्ने, बिल भुक्तानी गर्ने लगायतका सुविधा प्राप्त गर्न सक्छन्।


प्रकाशित : बिहीबार , असार ७ २०८०१२:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend