बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

अब विदेशबाट आएको रकम एनआईसीको मोबाइल बैंकिङ एपबाटै बुझ्न सकिने सुविधा

बिहीबार , असार ७ २०८०
अब विदेशबाट आएको रकम एनआईसीको मोबाइल बैंकिङ एपबाटै बुझ्न सकिने सुविधा

काठमाडौं- एनआईसी एसिया बैंकले अब आफ्ना ग्राहकहरुको नाममा विदेशबाट आएको रेमिट्यान्स रकम बैंकको मोबाइल बैंकिङ एपमार्फत सहजै बुझ्न सकिने सेवाको सुरुवात गरेको छ।

यो सेवा सुरु भएसँगै अब बैंकको मोबाइल बैंकिङ सेवा लिएका ग्राहकहरुले आफूलाई आएको रेमिट्यान्स रकम यसै बैंकमा रहेको आफ्नो खातामा डिपोजिट गर्न सक्नेछन्।

रेमिट्यान्स रकम बुझ्नका लागि बैंकको मोबाइल बैंकभित्रको रेमिट्यान्स आइकनमा ट्याप गरी रिसिभ रेमिटभित्र आफूलाई प्राप्त रकम र यूनिक पिन राखेपश्चात् उक्त रकम जुनसुकै समयमा आफ्नो खातामा स्थानान्तरण गर्न सकिनेछ।

यो सेवाले ग्राहकलाई रेमिट्यान्स रकम बुझ्नकै लागि बैंक उपस्थित भएर भौतिक फारम भरी नगद झिक्नुपर्ने बाध्यताबाट मुक्ति मिल्ने बैंकको विश्वास छ।

 


प्रकाशित : बिहीबार , असार ७ २०८०१२:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend