बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

शुक्रबारदेखि टाटा मोटर्सको एक्सचेन्ज विकेन्ड, टाटा मोटर्सका विद्युतीय सवारीसँग जुनसुकै कम्पनीको साट्न मिल्ने

बिहीबार , असार ७ २०८०
शुक्रबारदेखि टाटा मोटर्सको एक्सचेन्ज विकेन्ड, टाटा मोटर्सका विद्युतीय सवारीसँग  जुनसुकै कम्पनीको साट्न मिल्ने

एक्सचेन्ज क्याम्पमा जुनसुकै कम्पनी अथवा ब्राण्डको गाडी लिएर आई टाटा मोटर्सका सर्वाधिक रुचाइएका नयाँ मोडेलका नेक्सन ईभी र टिगोर ईभीसँग साट्न सकिने व्यवस्था गरिएको छ।

काठमाडौं- शुक्रबारदेखि टाटा मोटर्सका सोरुमहरुमा 'एक्सचेन्ज विकेन्ड' सुरु हुने भएको छ।

शुक्रबारदेखि मंगलबारसम्म  काठमाडौं लगायत सिप्रदी तथा सिप्रदीका नेपालभरि रहेका आधिकारिक टाटा मोटर्सका सोरुमहरुमा एक्सचेन्ज विकेन्ड विशेष एक्सचेन्ज क्याम्प सञ्चालन हुन लागेको कम्पनीले जनाएको छ।

एक्सचेन्ज अफरमा सहभागी भई आफ्ना गाडीसँग टाटा मोटर्सका सर्वाधिक लोकप्रिय विद्युतीय गाडीहरु साटेर फाइदा उठाउन कम्पनीले भनेको छ। एक्सचेन्ज क्याम्पमा जुनसुकै कम्पनी अथवा ब्राण्डको गाडी लिएर आई टाटा मोटर्सका सर्वाधिक रुचाइएका नयाँ मोडेलका नेक्सन ईभी र टिगोर ईभीसँग साट्न सकिने व्यवस्था गरिएको छ।

उक्त व्यवस्थालाई अझ सहज बनाउने उदेश्यले सोरुम मा इन्स्योरेन्स सुविधा, बैंकिंग सुविधाका साथै गाडी मूल्यांकन गर्न विभिन्न दक्ष मूल्यांकनकर्ताहरुको पनि सहभागिता रहनेछ।

उक्त एक्सचेन्ज क्याम्पमा पेट्रोल, डिजेलबाट चल्ने सवारी साधनलाई टाटा मोटर्सका विद्युतीय सवारीसँग साट्न मिल्ने गरी एउटै सोरुमबाट व्यवस्था गरिएको छ। चलिरहेको बजारको मूल्य भन्दा गाडीको विशेष मूल्यांकन, सरल फाइनान्सको सुविधा, इन्स्योरेन्सको सुविधाका साथै हरेक गाडी हस्तान्तरणमा विभिन्न अफरहरु पनि पाइनेछ।


प्रकाशित : बिहीबार , असार ७ २०८०१२:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend