आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

११ महिनामा १४ खर्ब ८० अर्बको सामान आयात

images
बिहीबार , असार ७ २०८०
images
images
११ महिनामा १४ खर्ब ८० अर्बको सामान आयात

भन्सार विभागका अनुसार चालु आवको ११ महिनामा कुल १६ खर्ब २४ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ। 

images
images

काठमाडौं- चालु आर्थिक वर्ष २०७९/०८० को ११ महिनामा नेपालले भारत तथा तेस्रो मुलकबाट १४ खर्ब ८९ अर्ब ९८ करोड ११ लाख २६ हजार रुपैयाँ बरारबरको सामान आयात गरेको छ।

images
images
images

चालु आवको ११ महिनामा आयात गत आवको भन्दा १६.०१ प्रतिशतले कम हो। गत आवको ११ महिनमा १७ खर्ब ६३ अर्ब ३२ करोड रुपैयाँ बराबरको सामान आयात भएको थियो।

images
images

यसैगरी निर्यातमा पनि कमी आएको छ। चालु आवको ११ महिनामा नेपालले १ खर्ब ४३ अर्ब ५८ करोड ६५ लाख ४४ हजार रुपैयाँ बराबरको सामान निर्यात गरेको छ। गत आवको ११ महिनमा १ खर्ब ८५ अर्ब ८३ करोड रुपैयाँ बराबरको सामान निर्यात गरेको थियो।

images
images
images

भन्सार विभागका अनुसार चालु आवको ११ महिनामा कुल १६ खर्ब २४ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ। 

गत आवको ११ महिनामा १९ खर्ब ४९ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो। यसैगरी ११ महिनाको वैदेशिक व्यापार घाटा भने १३ खर्ब ३७ अर्ब रुपैयाँ बराबरको रहेको छ। गत आवको ११ महिनाको वैदेशिक व्यापार घाटा १७ अर्ब ७७ अर्ब रुपैयाँको थियो।


प्रकाशित : बिहीबार , असार ७ २०८०१२:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend