आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

एकसय रूपैयाँभन्दा बढी मूल्यका सामानको महसुलमा कडाइ गरेपछि भैरहवा भन्सारमा प्रज्ञापनपत्र भर्ने बढे

images
बिहीबार , असार ७ २०८०
images
images
एकसय रूपैयाँभन्दा बढी मूल्यका सामानको महसुलमा कडाइ गरेपछि भैरहवा भन्सारमा प्रज्ञापनपत्र भर्ने बढे

भन्सारको अभिलेख अनुसार जेठ १६ देखि जेठ मसान्तसम्मको अवधिमा ३० हजार तीन सय ६६ जनाले प्रज्ञापनपत्र भरेर समान लिएका छन्। गत वर्षको जेठ महिनाभरी तीन सय छ जनाले मात्रै प्रज्ञापनपत्र भरेर समान लिएको तथ्यांक छ। 

images
images

बेलहिया- भैरहवा भन्सार कार्यलयले गत जेठ १६ गतेदेखि एकसय रूपैयाँभन्दा बढी मूल्यको सामान ल्याउँदा अनिवार्य भन्सार महसुल लिने व्यवस्थामा कडाइ गरेपछि प्रज्ञापनपत्र भर्नेको संख्या बढेको छ।

images
images
images

प्रज्ञापनपत्रमा कडाइ नहुँदा घरायसी प्रयोजनका लागि भन्दै भारतबाट समान ल्याउनेको संख्या उल्लेख्य रहेकामा अनिवार्य भन्सार महसुल लिने व्यवस्थामा कडाइ गरेपछि प्रज्ञापनपत्र भर्नेको संख्या बढेको हो।

images
images

भन्सार कार्यालयका प्रमुख मणिराम पौडेलले भने, 'हामीले प्रज्ञापनपत्र नभरी कुनै पनि घरायासी होस् वा अन्य कुनै प्रयोजनको समान नेपाल ल्याउन दिएका छैनौँ। यसैले सर्वसाधरणले स्वतःस्फूर्त रुपमा प्रज्ञापनपत्र भरिरहनुभएको छ।'

images
images
images

भन्सारको अभिलेख अनुसार जेठ १६ देखि जेठ मसान्तसम्मको अवधिमा ३० हजार तीन सय ६६ जनाले प्रज्ञापनपत्र भरेर समान लिएका छन्। गत वर्षको जेठ महिनाभरी तीन सय छ जनाले मात्रै प्रज्ञापनपत्र भरेर समान लिएको तथ्यांक छ। 

भन्सारको अभिलेखका अनुसार विसं २०७९ फागुनमा एक हजार दुई सय १५ जनाले, चैतमा एक हजार तीन सय ४४ जनाले प्रज्ञापनपत्र भरेका छन्। विसं २०८० वैशाखमा एक हजार एक सय ८३ र जेठमा तीन सय ५७ जनाले मात्रै प्रज्ञापनपत्र भरेका थिए।

भन्सार व्यवस्थालाई कडाइ गरेपछि जेठ १६ देखि ३२ सम्मको १६ दिनको अवधिमा ३० हजार तीन सय ६६ जनाले प्रज्ञापन भरेका कार्यालयका प्रमुख पौडेलले जानकारी दिए। रासस


प्रकाशित : बिहीबार , असार ७ २०८००९:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend