आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

बाढीपहिरोमा परी १३ जनाको मृत्यु, २६ अझै बेपत्ता

images
बिहीबार , असार ७ २०८०
images
images
बाढीपहिरोमा परी १३ जनाको मृत्यु, २६ अझै बेपत्ता

बाढीपहिरोबाट भएको क्षतिको अन्य तथ्यांक भने आउन बाँकी छ।

images
images

काठमाडौं- संसद्को दीगो विकास तथा सुशासन समितिको बैठकमा मुलुकका विभिन्न भूभागमा हालै आएको बाढीपहिरोबाट १३ जनाको मृत्यु हुनुका साथै २६ बेपत्ता रहेका र आठ जना घाइते भएको जानकारी दिइएको छ। 

images
images
images

समितिका सभापति प्रकाश पन्थको सभापतित्वमा आज सिंहदरबारमा बसेको बैठकमा गृह मन्त्रालयका निमित्त सचिव महादेव पन्थले हालैको बाढीपहिरोबाट भएको मानवीय क्षतिसम्बन्धी सो जानकारी गराएका हुन्। क्षतिको अन्य तथ्यांक आउन बाँकी रहेको उनले बताए। 

images
images

उनले बाढी, पहिरो, प्राकृतिक विपत्, राहत वितरण, जोखिम न्यूनीकरण तथा व्यवस्थापनलगायत समसामयिक विषयमा जानकारी दिँदै उद्धारसहित राहत वितरण तथा जोखिम व्यवस्थापनतर्फ प्राथमिकतासाथ काम भइरहेको पनि स्पष्ट पारे। अघिल्लो आर्थिक वर्ष करिब एक अर्ब १५ करोड रूपैयाँ बराबरको क्षतिपूर्ति तथा राहत सहयोग प्रदान गरिएको उहाँले सो बैठकमा जानकारी दिए।

images
images
images

प्राकृतिक प्रकोप र त्यसले पुर्‍याएको जनधनको क्षति, जोखिम न्यूनीकरण, प्रतिकार्य र पुनःलाभ तयारीलगायतका समसामयिक विषयमा जानकारी लिन बोलाएको समितिको बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयकोतर्फबाट धारणा राख्ने कार्यक्रम छ। रासस


प्रकाशित : बिहीबार , असार ७ २०८००७:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend